STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सगरमाथा नाप्ने कार्कीलाई सम्मान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३०, बिहिबार

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किनुभएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ । नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको भन्दै कार्कीलाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको हो । सगरमाथा उचाइ मापनमा सफलतापूर्वक सहभागी भई सिङ्गो बागलुङलाई गौरवान्वित तुल्याएको भन्दै जिल्लामा क्रियाशील सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । आफ्नो सहकारीको शेयर सदस्य भएर विश्वको अग्लो सगरमाथा आरोहणसँगै उचाइ मापनमा सहभागी भई नेपालीको शीर उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताउनुभयो । कार्की जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर नापी विभागको अधिकृत भई सगरमाथा मापनमा सफलतापूर्वक सहभागी हुनुभएको थियो । सगरमाथा आरोणका क्रममा जति दुःख भए पनि गृहजिल्लाको सम्मानले सबै दुःख सुखमा परिणत भएको सगरमाथा मापन सदस्य कार्कीले प्रतिक्रिया दिनुभयो । सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षण सुरजसिंह भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय गाइड छिरिङजङ्बु शेर्पासहित चैत २६ गते काठमाडौँबाट सगरमाथा मापनका लागि प्रस्थान गरी जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहणसँगै उचाइ मापनको तथ्याङ्क सङ्कलन गरी ९ गते काठमाडौँ फर्किएका थियो ।
Categorized in राष्ट्रिय