relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ३१, शुक्रबार

    आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

    ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ ।   आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा डा...

  • २०७६ जेठ ३१, शुक्रबार

    आँधीपीडितको खुला आकाशमुनि बास

    धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् । आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर भत्किएपछि चार वर्षीया छोरी आस्थाको टाउको र खुट्टामा चोट लागेको छ । घरको दिवाल र छाना उडाएर क्षति पुगेपछि...

  • २०७६ जेठ ३१, शुक्रबार

    बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

    मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई  एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत  बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई...

  • २०७६ जेठ ३१, शुक्रबार

    वसन्तयाममा ६५९ ले सगरमाथा चढे

    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड पथप्रदर्शक सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना ९सरदार, गाइड र शेर्पासमेत गरेर० जम्मा एक हजार २३ रहेका...

  • २०७६ जेठ ३१, शुक्रबार

    टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

    मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय...

  • २०७६ जेठ ३१, शुक्रबार

    पाँच वर्षमा गरीबी शून्यमा झाछौँ ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताउनुभयो । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक...

  • २०७६ जेठ ३१, शुक्रबार

    स्थानीय न्यायिक समिति गठन भएन

    स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलीभेरी नगरपालिकामा न्यायिक समिति गठन हुनसकेको छैन । प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो । न्यायिक समिति गठन नहुँदा न्याय सम्पादनकार्य अलपत्र पर्दै आएको छ । अहिले पनि न्याय सम्पादनका लागि प्रहरी र जिल्ला प्रशासनमै स्थानीयवासी जाने गरेका छन् । जुफाल वा दुनै प्रशासनिक केन्द्र भन्ने विषयको विवादले गर्दा...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषकलाई आधुनिक मौरी घार  वितरण

    स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ ।  नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।    “पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार...

  • २०७६ जेठ ३१, शुक्रबार

    फोहर नउठाउँदा नगरक्षेत्र दुर्गन्धित

    लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो ।  लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारी साधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डङ्गुरले सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य भएका छन् ।...

  • २०७६ जेठ ३१, शुक्रबार

    तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता

    कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ ।  डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गर्नुभएको हो ।  राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “निःस्वार्थ रुपमा...

  • २०७६ जेठ ३१, शुक्रबार

    अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

    २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् ।   गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख...

  • २०७६ जेठ ३१, शुक्रबार

    खानेपानी समस्या समाधान गर्न माग

    दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न  माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका  प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब आठ हजारले खानेपानीका लागि दैनिक आधादेखि दुई घण्टासम्म धाउनुपरेकाले न्याय...

Pages