राष्ट्रिय
-
२०७६ जेठ ३१, शुक्रबार
पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका...
-
२०७६ जेठ ३१, शुक्रबार
निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो
निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा...
-
२०७६ जेठ ३१, शुक्रबार
पूर्वशिक्षामन्त्री पौडेलको निधन
पूर्वशिक्षामन्त्री धनीराम डिआर पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल...
-
२०७६ जेठ ३१, शुक्रबार
विज्ञापन विनिमय विधेयक समितिमा
सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ । समितिको आजको बैठकमा सो वधेयक पेश भएको हो । सरकारले विसं २०७५ पुस २२ गते सो विधेयक संसद्मा दर्ता गराएको थियो । के छ त विधेयकभित्र रु विज्ञापन गर्न सकिने, होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापन गर्न नहुने, विज्ञापनरहित प्रकाशन वा प्रसारण...
-
२०७६ जेठ ३१, शुक्रबार
बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी
झापाको मेचीनगर–९ की ८१ वर्षीया गङ्गामाया बस्नेतलाई बोक्सीको आरोप लगाउने दुई महिलाविरुद्ध प्रहरीमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीका कार्कीले वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाउने मेचीनगर–९ की कुमारी चम्लागार्इं र आफूलाई बूढीबजै भनेर चिनाउँदै फारफुक गर्ने माता सावित्री शिवाकोटीविरुद्ध उजुरी परेको बताउनुभयो । बिरामी भएर झारफुकका लागि गत जेठ ७ गते माताको...
-
२०७६ जेठ ३१, शुक्रबार
सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । यहाँस्थित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो । समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको...
-
२०७६ जेठ ३१, शुक्रबार
सामुदायिक विद्यालयमा धानी नसक्नु चाप
रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारसँगै अभिभावकको आकर्षण बढ्न थालेको छ । सरकारी विद्यालयको पठनपाठन राम्रो नहुने भन्दै निजी विद्यालयतर्फ आकर्षण बढिरहेको बेला रोल्पाको उक्त विद्यालय भने अभिभावकका लागि आकर्षणको केन्द्र बनेको हो । व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधारपछि भने अहिले सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रूपमा स्थापित...
-
२०७६ जेठ ३१, शुक्रबार
जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन
जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रेले प्रस्तुत गरेको छ । दश वर्ष साउदीमा बिताएर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ घर फर्किएका डुम्रेले ०७१ सालमा पाँच जनाको समूह बनाएर पञ्चमुखी कृषि फार्म दर्ता गराएर भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । उहाँले रु बीस लाखको लागतमा १० भैँसीबाट व्यवसाय शुरु गर्नुभएको थियो । अहिले उहाँको...
-
२०७६ जेठ ३१, शुक्रबार
आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि
‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा डा...
-
२०७६ जेठ ३१, शुक्रबार
लोकसेवाको आवेदन दिने एक लाख १८ हजार
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ जेठ ३०, बिहिबार
गुठीसम्बन्धी विधेयकका विषयमा वार्ता गर्न मानव अधिकारको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न, घाइतेको स्वास्थ्य उपचार गर्न, दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता र संवादबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह...
-
२०७६ जेठ ३०, बिहिबार
एउटै वडामा १३८ बालबालिका कुपोषित
दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले भन्नुभयो, “तर ४७ जना मात्रै सम्पर्कमा...


