STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ ।
पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई  एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत  बिस्कुट विरतण गरिएको हो ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई सामग्री वितरण गर्दै विद्यालयमा बालमैत्री पद्धतिबाट अध्ययन अध्यापन गराइनुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाले अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण गरिरहेको जानकारी दिँदै आर्थिक वर्ष २०७६÷७७ अपाङ्गता क्षेत्रलाई विशेष बजेटको व्यवस्था गरिने बताउनुभयो ।
 कार्यक्रममा पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले  समाजमा रहेका अपाङ्गता भएकाहरुलाई राज्यको विशेष ध्यान जानुपर्ने बताउँदै त्यस्ता व्यक्तिका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
मन्टेश्वरी एशोसिएसन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक रितु पौडेल, बौद्धिक अपाङ्गता बालबालिका सेवा केन्द्रका इन्चार्ज श्रीधर आचार्यलगायलते अपाङ्गता भएका बालबालिकालाई आवश्यक सामग्री वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व पूरा गरेको धारणा राख्नुभयो ।
Categorized in राष्ट्रिय