STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ३१, शुक्रबार

    बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

    मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई  एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत  बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई...

  • २०७६ जेठ ३१, शुक्रबार

    आँधीपीडितको खुला आकाशमुनि बास

    धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् । आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर भत्किएपछि चार वर्षीया छोरी आस्थाको टाउको र खुट्टामा चोट लागेको छ । घरको दिवाल र छाना उडाएर क्षति पुगेपछि...

  • २०७६ जेठ ३१, शुक्रबार

    टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

    मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय...

  • २०७६ जेठ ३१, शुक्रबार

    वसन्तयाममा ६५९ ले सगरमाथा चढे

    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड पथप्रदर्शक सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना ९सरदार, गाइड र शेर्पासमेत गरेर० जम्मा एक हजार २३ रहेका...

  • २०७६ जेठ ३०, बिहिबार

    सवारीसाधन केरूङ जान थाले

    पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई पालोको हिसाबले मालसामान लिन जान पाउनुपर्ने माग पूरा भएको बताइएको छ । केरूङ जाने...

  • २०७६ जेठ ३०, बिहिबार

    विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको एकाइ गठन गर्न निर्देशन दिएको छ ।  गृह मन्त्रालयको अनुरोधमा सङ्घीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो ।  मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा...

  • २०७६ जेठ ३०, बिहिबार

    बिरामीको रोजाइमा भरतपुर अस्पताल

    यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ । जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडा...

  • २०७६ जेठ ३०, बिहिबार

    लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग

    सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले आदिवासी जनजाति, दलित, महिला, मधेशीलगायत उत्पीडनमा पारिएको समुदायलाई किनारा लगाउने गरी आयोगले संविधानको समानुपातिक सिद्धान्त विपरीत विज्ञापन गरेको भनी रद्द गर्न माग गर्नुभयो । सांसद विमला विकले ‘संविधानको मर्म...

  • २०७६ जेठ ३०, बिहिबार

    कैदीलाई कारागारमै सामग्री

    दैलेख कारागारका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १०औँ स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले सामग्री हस्तान्तरण गरिएको हो । नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृसमेत रहनुभएकी आचार्यको स्मृति दिवसको अवसरमा कारागारका कैदीलाई सामग्री हस्तान्तरण गरिएको हो । स्मृति दिवसका अवसरमा नेपाल...

  • २०७६ जेठ ३०, बिहिबार

    प्रदेश नं। ३ को बजेट असार १ गते प्रस्तुत हुने

    प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७६÷०७७ बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।  प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो ।  सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत...

  • २०७६ जेठ ३०, बिहिबार

    थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण

    थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिकरूपमा उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनका लागि आवश्यक...

  • २०७६ जेठ ३०, बिहिबार

    गुठी विधेयकको बचाऊ र विरोध प्रतिनिधिसभामा

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका  सांसदले गुठी विधेयकको बचाऊ र  विपक्षले विरोध जनाउनुभएको  छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका  जमीनलाई व्यवस्थापन  गर्न  राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो ।  विशेष समयमा  सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन...

Pages