relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १, आइतबार

    बाँदर आतङ्क नियन्त्रणका लागि ठोस योजनाको अभाव

    पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको छ । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिकका बस्तीमा समेत पसेर घरभित्रैबाट अन्न खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका किसान बाँदरले खेती...

  • २०७६ आषाढ १, आइतबार

    पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

    गर्मी ह्वात्तैबढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।  भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।  नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा...

  • २०७६ आषाढ १, आइतबार

    चन्द्रागिरिमा नगरस्तरीय अस्पतालको शिलान्यास

    ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुनलागेको हो । सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास...

  • २०७६ आषाढ १, आइतबार

    बिरामीको चाप धान्ने जनशक्ति छैन

    सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ ।  सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।  “घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगँे । त्यसपछि करीब १८ मिनेट...

  • २०७६ आषाढ १, आइतबार

    भारतले पनि अमेरिकी सामानमा कर बढायो

    भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् । भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ । भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा...

  • २०७६ आषाढ १, आइतबार

    नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

    दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो । नेपाल–भारत जोड्ने...

  • २०७६ आषाढ १, आइतबार

    नरैनापुरमा एघार कक्षाको पढाइ हुने

    बाँकेको राप्तीपारिको नरैनापुर गाउँपालिकामा यस वर्षदेखि कक्षा ११ को पढाइ शुरु हुने भएको छ । सो गाउँपालिका—६ गङ्गापुरको भोजपुरस्थित जयकिसान माविमा कक्षा ११ को पढाइ शुरु गर्न आवश्यक प्रबन्ध मिलाइएको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । एघारको कक्षा सञ्चालनका लागि रु आठ लाख धरौटी राख्नुपर्ने प्रावधानका कारण विश्वविद्यालयले अहिले स्थानीयवासीसँग चन्दा सङ्कलन गरिरहेको छ । अध्यक्ष शाहले शिक्षा विकास...

  • २०७६ जेठ ३१, शुक्रबार

    सामुदायिक विद्यालयमा धानी नसक्नु चाप

    रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारसँगै अभिभावकको आकर्षण बढ्न थालेको छ । सरकारी विद्यालयको पठनपाठन राम्रो नहुने भन्दै निजी विद्यालयतर्फ आकर्षण बढिरहेको बेला रोल्पाको उक्त विद्यालय भने अभिभावकका लागि आकर्षणको केन्द्र बनेको हो । व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधारपछि भने अहिले सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रूपमा स्थापित...

  • २०७६ जेठ ३१, शुक्रबार

    जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन

    जाँगर र उत्साह भए कामका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण वालिङ नगरपालिका–१२ पनियारेका पिताम्मर डुम्रेले  प्रस्तुत गरेको छ ।  दश वर्ष साउदीमा बिताएर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ घर फर्किएका डुम्रेले ०७१ सालमा पाँच जनाको समूह बनाएर पञ्चमुखी कृषि फार्म दर्ता गराएर भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । उहाँले रु बीस लाखको लागतमा १० भैँसीबाट व्यवसाय शुरु गर्नुभएको थियो । अहिले उहाँको...

  • २०७६ जेठ ३१, शुक्रबार

    आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

    ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ ।   आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा डा...

  • २०७६ जेठ ३१, शुक्रबार

    लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताउनुभयो । उहाँका अनुसार...

  • २०७६ जेठ ३१, शुक्रबार

    बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

    मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई  एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत  बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई...

Pages