relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ २, सोमबार

    मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु

    मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ...

  • २०७६ आषाढ २, सोमबार

    नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने 

    नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित  क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।  डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । आज नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२...

  • २०७६ आषाढ २, सोमबार

    बालबालिकालाई सहकारीको सहयोग

    झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो । संस्थाकी अध्यक्ष मीना ढकालले सदस्यका छोराछोरीले स्कूल झोला, पोशाक, जुत्ता र...

  • २०७६ आषाढ २, सोमबार

    छोरी जन्मिए खातामै एक हजार

    कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ । “छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता...

  • २०७६ आषाढ २, सोमबार

    भानु नगरपालिकामा भानुभक्तीय टोपी लगाउन शुरु

    तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् । नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

  • २०७६ आषाढ २, सोमबार

    पूर्वी तराईमा डेंगु नियन्त्रणमा चुनौती

    पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ ।  डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ । ती निकायबीचमा समन्वय नहुँदा पछिल्लो समय डेंगु फैलिनेक्रम जारी रहेको छ ।  सुनसरीको धरान उपमहानगरपालिका वडा नं १५ का एक बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत वैशाख ३० गते...

  • २०७६ आषाढ २, सोमबार

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम  दुई करोड ५० लाख विनियोजन

    प्रदेश नं १ को प्रदेशसभामा आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रु दुई करोड ५० लाखका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समानरूपमा बजेट व्यवस्था गरिएको छ ।   यसका लागि रु एक अर्ब ४० करोड बजेट विनियोजन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेशसभाका सदस्यको सिफारिशमा रु ५० लाखका दरले योजना कार्यान्वयन गर्न रु ४८ करोड बजेट विनियोजन भएको छ ।...

  • २०७६ आषाढ २, सोमबार

    बेथानचोकको गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ ।   सो गाउँपालिकाको वडा नं। ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४ नं वडाका...

  • २०७६ आषाढ २, सोमबार

    गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना

    वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरिनुका साथै भविष्यका लागि संरक्षण गरी राखिएका छन् ।   गोदावरीमा एक लाख ४५ हजारभन्दा...

  • २०७६ आषाढ २, सोमबार

    क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

    नेकपा क्रान्तिकारी–माओवादी को विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी ले आज त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै...

  • २०७६ आषाढ २, सोमबार

    कुश्माबजारमा पानीको हाहाकार

    पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् । बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा...

  • २०७६ आषाढ २, सोमबार

    सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ ।  शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार,...

Pages