राष्ट्रिय
-
२०७६ आषाढ ३, मंगलबार
सरकार द्धारा विवादीत गुठी विधेयक फिर्ता
सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी...
-
२०७६ आषाढ ३, मंगलबार
वैकल्पिक नयाँ सडक भत्काइयो
मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने तथा मन्दिर जान समेतका लागि निर्माण गरिएको सडक नेपाली काङ्गे्रसका स्थानीय नेता÷कार्यकर्ताले डोजर लगाएर भत्काएका हुन् । नेपाली काङ्ग्रेस मण्डन देउपुर नगरका सभापति रामहरि सापकोटाले...
-
२०७६ आषाढ ३, मंगलबार
गागलफेदी पुग्न गागलफेदी यातायात
कागेश्वरी मनोहरा नगरपालिका–१ को गागलफेदीदेखि रत्नपार्कसम्म चल्ने गागलफेदी यातायातले आफ्नो सेवा शुरु गरेको छ । गागलफेदी यातायात प्रालिले सञ्चालनमा ल्याएको बस सेवाबाट नगरपालिकाको गागलफेदीका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने भएको छ । सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवासीको सहजताका लागि यातायात सेवा विस्तार गरेको यातायात प्रालिका अध्यक्ष मधुसुदन केसीले...
-
२०७६ आषाढ ३, मंगलबार
विद्यालय बाहिर बालबालिकामुक्त घोषित
सिञ्जा गाउँपालिका वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको आयोजनामा मालिका माविलाई सोमबार बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिनुभयो । बालबालिकामुक्त समुदाय घोषणा गर्दै जिल्ला समन्वय समिति जुम्लाका...
-
२०७६ आषाढ २, सोमबार
पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्नः अब सञ्चालन हुने
नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको...
-
२०७६ आषाढ २, सोमबार
उद्योगी भन्छन् ः बजेट चमत्कारिक भएन
प्रदेश नं २ को विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको गुनासो उद्योगी व्यवसायीको छ । प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ वजेट वक्तव्यमा उद्योग क्षेत्रको विकास र उन्नयनका लागि प्रभावकारी योजना तथा कार्यक्रम ल्याउन...
-
२०७६ आषाढ २, सोमबार
प्रतिनिधसभामा दुई प्रतिवेदन पेश
प्रतिनिधिसभाको आजको बैठकमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ पेश गरिएको छ । ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गर्नुभएको हो ।
-
२०७६ आषाढ २, सोमबार
कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु भएको छ । सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु गरिएको हो । विशेषगरी दिक्तेलबजार, सोल्मालगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्टमल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर...
-
२०७६ आषाढ २, सोमबार
पानीको बहाव बढ्दा तारउतार सेवा बन्द
डडेल्धुराको परशुराम नगरपालिका–६ सिसमजालामा सञ्चालित तारउतार डुङ्गा, ट्युब सेवा बन्द गरिएको छ । महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि वडा कार्यालयद्वारा सञ्चालित तारउतार सेवा असोजसम्मका लागि बन्द गरिएको सो कार्यालयले जनाएको छ । परशुरामको सिसमजालास्थित नेपाल–भारत आवतजावत गर्न प्रयोग गरिने तारउतार सेवा बर्खायाम शुरु भएसँगै बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो...
-
२०७६ आषाढ २, सोमबार
एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका...
-
२०७६ आषाढ २, सोमबार
इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो
भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ । इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय...
-
२०७६ आषाढ २, सोमबार
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ...


