राष्ट्रिय
-
२०७६ आषाढ ४, बुधबार
बागलुङमा व्यावसायिक खरायोपालन
बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गर्नुभएको छ । शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याउनुभएका हो । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”, शर्माले भन्नुभयो । व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको...
-
२०७६ आषाढ ४, बुधबार
मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी,...
-
२०७६ आषाढ ४, बुधबार
महिला क्रिकेट शुरु पहिलो खेलमा सुदूरपश्चिम विजयी
कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाउनुभयो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर,...
-
२०७६ आषाढ ४, बुधबार
जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ । साथै पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको...
-
२०७६ आषाढ ४, बुधबार
नमूना मालपोत कार्यालय सञ्चालनमा
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गर्नुभएको छ । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ...
-
२०७६ आषाढ ४, बुधबार
लहानको फोहर एक महीनापछि उठ्यो
लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महीनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरु भएको हो । फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प...
-
२०७६ आषाढ ४, बुधबार
हयातका आन्दोलनरत मजदूर काममा फर्किए
श्रम ऐन, २०७४ तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड हयात रिजेन्सी, काठमाडौँ का मजदूर आजदेखि काममा फर्किएका छन् । श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले...
-
२०७६ आषाढ ४, बुधबार
इनरुवामा पनि डेंगुका बिरामी भेटिए
सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । इनरुवाको...
-
२०७६ आषाढ ४, बुधबार
सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित – राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसिआर को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ । अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन...
-
२०७६ आषाढ ४, बुधबार
हावाहुरीले सर्लाहीमा दुई घाइते, करेन्ट लागेर बालकको मृत्यु
मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती,...
-
२०७६ आषाढ ४, बुधबार
गर्मी बढेसँगै रगतको अभाव
जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभयो । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम...


