राष्ट्रिय
-
२०७६ आषाढ ३, मंगलबार
खोज पत्रकारिता तालीम शुरु
उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता केन्द्रका शिव गाउँले, सुशासनविद् विनोद उपाध्याय, शेयरकाष्टका कार्यकारी निर्देशक...
-
२०७६ आषाढ ३, मंगलबार
तीन देशमा बौद्ध धार्मिक पर्यटन प्रवद्र्धन
नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाएको छ । उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल ९सोट्टो नेपाल० सँगको सहकार्यमा नेपाल गन्तव्य प्रवद्र्धन गरेको हो । बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय...
-
२०७६ आषाढ ३, मंगलबार
विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण
देवीघाट जाल्पा क्लबले मालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका–६ स्थित देउरालीमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका जेहेन्दार, विद्यार्थीलाई सोमबार झोला, कापी, सिसाकलमगायत सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दीपेश चित्रकारले बताउनुभयो । चित्रकारका अनुसार अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण...
-
२०७६ आषाढ ३, मंगलबार
निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का
टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् । सडक...
-
२०७६ आषाढ ३, मंगलबार
एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ । आगामी पाँच वर्षभित्र प्रदेश राजधानी र स्थानीय तहको केन्द्र जोड्ने गरी स्तरीय कालोपत्र सडक निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सो कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षको बजेट...
-
२०७६ आषाढ ३, मंगलबार
चार दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित...
-
२०७६ आषाढ ३, मंगलबार
व्यासमूर्तिको डिपिआर सार्वजनिक
तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन डिपिआर सार्वजनिक गरिएको छ । व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले आज दमौलीमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १०८...
-
२०७६ आषाढ ३, मंगलबार
इच्छाकामनामा बाल संरक्षणगृह निर्माण
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो । रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष...
-
२०७६ आषाढ ३, मंगलबार
प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।” प्रतिनिसभाको आजको...
-
२०७६ आषाढ ३, मंगलबार
ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु
कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ । निर्माणका लागि ठेक्का सम्झौता भएको करीब आधा समय ९डेढ वर्ष०पछि यहाँको शुक्लाफाँटा र वेदकोट नगरपालिकाअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको हो । दुई वर्षमा भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनिसकेपछि डेढ वर्षअघि थप १५ किलोमिटर नहर निर्माणका लागि तीन प्याकेजमा...
-
२०७६ आषाढ ३, मंगलबार
प्रतिनिधिसभा बैठक अवरोध ः सत्ता पक्ष र विपक्षका आफ्नै तर्क
प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै...
-
२०७६ आषाढ ३, मंगलबार
तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो । पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन...


