राष्ट्रिय
-
२०७६ आषाढ ८, आइतबार
इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नुभयो । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । जिल्ला...
-
२०७६ आषाढ ८, आइतबार
प्रमाण नपुगेका जग्गाको मुआब्जा दिन नसकिनेः मन्त्री राई
शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपाल सरकारको नीतिगत निर्णय नभइकन वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन नसकिने बताउनुभएको छ । गोकर्णदेखि गुह्येश्वरी खण्डमा वाग्मती नदी हिँडेको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको छ, वाग्मती मुआब्जा विवादवारे छलफल गर्न संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठकमा उहाँले भन्नुभयो,“मुआब्जा...
-
२०७६ आषाढ ८, आइतबार
सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक
सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे तापनि सडक निर्माणको काम अगाडि नबढाएको भन्दै स्थानीयवासीले आज बिहानैदेखि सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका थिए । तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङग गरी आवतजावत सहज बनाउने र चाँडो भन्दा चाँडो सडक...
-
२०७६ आषाढ ८, आइतबार
मालपोतमा दुई महीनादेखि रजिस्ट्रेशन ठप्प
रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन । घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ । १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत...
-
२०७६ आषाढ ८, आइतबार
तीन दिन देशभर भारी वर्षाको सम्भावना
बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको...
-
२०७६ आषाढ ८, आइतबार
खानेपानीको समस्याले धारामा ताल्चा
पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, “खानेपानी दुरुपयोग हुन नदिनबाट...
-
२०७६ आषाढ ८, आइतबार
दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै
सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभयो ।...
-
२०७६ आषाढ ८, आइतबार
प्रहरी बिटमा मासु पसल
प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए । जिल्ला संयुक्त बजार अनुगमन...
-
२०७६ आषाढ ८, आइतबार
भारतीय बाधँले सयौँ घर डुबानमा
शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा,...
-
२०७६ आषाढ ८, आइतबार
वसुवर्ण साकोसको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न
ललितपुर, नागबहालस्थित वसुवर्ण वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । २०७६ जेष्ठ ३० गते निसें जेष्ठ ७ गते १० दिनसम्म यो तालिम भएको हो । संस्थाका अध्यक्ष सुमन शाक्यको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा वितरण गर्नुभयो । यस तालिमबाट प्राप्त...
-
२०७६ आषाढ ८, आइतबार
रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनी शुरु
वर्षा र सहकाल का देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ । पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो । गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो । सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप...
-
२०७६ आषाढ ८, आइतबार
पत्रकारिताका नाममा ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता
पत्रकारिताका नाममा धम्की दिई ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशन हुने ‘दूधमति’ साप्ताहिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले वस्तुनिष्ठभन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु...


