राष्ट्रिय
-
२०७६ आषाढ १०, मंगलबार
ताराखोलाले ‘भ्रमण वर्ष’ मनाउने
ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न रु ७० लाख बजेट छुट्याइएको छ । पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “यो वर्ष...
-
२०७६ आषाढ १०, मंगलबार
न्यायिक समितिमा जग्गा विवाद
बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ७२ उजुरी दर्ता भएकामा १५ वटा जग्गा विवादको उजुरी परेको छ । अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाकोे जग्गा अर्कैले मिचेको जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा ७२ वटा उजुरी दर्ता भएकामा १५...
-
२०७६ आषाढ १०, मंगलबार
संसद्मा ‘गलबन्दी च्यातियो गीतको चर्चा
प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा...
-
२०७६ आषाढ १०, मंगलबार
प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन ः बजेट फ्रिज हुने अवस्थामा
पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो । तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ । चालू आर्थिक...
-
२०७६ आषाढ १०, मंगलबार
मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो
गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँको भनाइ थियो । बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर...
-
२०७६ आषाढ १०, मंगलबार
कला र संस्कृतिको संरक्षण गर्दै घरवास पर्यटन
बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन ९होमस्टे०ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पु¥याएका छन् । घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो । विभिन्न जातजाति तथा समुदायको...
-
२०७६ आषाढ १०, मंगलबार
वनको दोहनप्रति चिन्ता व्यक्त
प्रदेश नं २ का उद्योग, पर्यटन, वन एवं वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा बढ्दै गएको वनको दोहनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ कार्यालयद्वारा सोमबार यहाँ आयोजित औद्योगिक तथा व्यापार प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा मन्त्री रायले विभिन्न नाममा वनको दोहनले प्रदेशमा पर्यावरणीय र वातावरणीय समस्या जटिल बन्दै गएको छ भन्नुभयो । उहाँले...
-
२०७६ आषाढ १०, मंगलबार
नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो
राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो । सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा...
-
२०७६ आषाढ १०, मंगलबार
महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग
कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् । महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित हिजो जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ...
-
२०७६ आषाढ १०, मंगलबार
कुपण्डोल देखि मंगलबाजार सम्म साइकल लेन बनाइने
ललितपुर महानगरपालिकाले अब कुपण्डोल देखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । यस कार्यको प्रकिया सुरु भइ सकेको जानकारी मेयर चिरिबाबु मर्हजनले दिनु भएको छ । लेनको कामको लागि टेण्डर पनि खुलिसकके र चाडो काम शुरु गर्ने जानकारी मेयर द्धारा पाएको छ । साइकल बनाउनै को लागि महानगरले ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ । सडकको छेउमा ९.२ मिटर क्षेत्रमा साइकल लेन बनाइने छ ।
-
२०७६ आषाढ ९, सोमबार
अजयमेरु गाउँपालिकामा अध्यक्ष रोजगार कार्यक्रम लागू हुने
डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’ लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत ‘अध्यक्ष रोजगार कार्यक्रम’ लागू गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । सामुदायिक विद्यालयमा जनप्रतिनिधि, कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षकका सन्ततिलाई भर्ना गर्न...
-
२०७६ आषाढ ९, सोमबार
मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग
रामपुर नगरपालिका–८ बस्ने मिर्गौला पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ । रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि रु ८८ हजार ८८८ रकम सहयोग गरेको हो । यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले रु १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र रामपुर ५ का निराजन रेग्मीले पनि नगद रु पाँच÷पाँच हजार सहयोग प्रदान गर्नुभएको छ । वडा नं...


