STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ ११, बुधबार

    अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

    सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो । परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी...

  • २०७६ आषाढ ११, बुधबार

    सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग

    गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । “नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही...

  • २०७६ आषाढ ११, बुधबार

    पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

    पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ । पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी...

  • २०७६ आषाढ ११, बुधबार

    सवारी जाँच कार्ययोजना शुभारम्भ

    चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ ।...

  • २०७६ आषाढ ११, बुधबार

    दुर्लभ जनावर सालक संरक्षण अभियान शुरु

    विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न जिल्लामा चेतनामूलक अभियान थालिएको छ । सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएकाले यसको संरक्षणमा उत्साहित भएका हुन् । सालकको उपयुक्त बासस्थान मानिएको महाभारत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थलीमा यस वर्ष पहिलो चरणमा चेतनामूलक कार्यक्रम गरिएको छ । तत्कालै पाँचखाल क्षेत्रमा कार्यक्रम...

  • २०७६ आषाढ ११, बुधबार

    इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु

    इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र...

  • २०७६ आषाढ ११, बुधबार

    ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

    चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् । मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक...

  • २०७६ आषाढ ११, बुधबार

    लोक सेवा तयारी कक्षा प्रारम्भ

    प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको...

  • २०७६ आषाढ ११, बुधबार

    ‘ब्लड बैंक’ मा फ्रिज अभाव

    राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताउनुभयो । “एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत सङ्कलन गर्न मिल्छ, तर एकैपटक धेरै रक्तदाता आएमा रगत सङ्कलन गर्न सक्ने अवस्था नै हुँदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले पटक–पटक फ्रिज माग...

  • २०७६ आषाढ ११, बुधबार

    सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा÷नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १...

  • २०७६ आषाढ ११, बुधबार

    प्रधानमन्त्री रोजगार कार्यक्रम ः शुक्लाफाँटामा पदमार्ग निर्माण

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ । आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेका २४ जनाले काम पाएका छन् । झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका...

  • २०७६ आषाढ ११, बुधबार

    महानगरद्वारा दूधको अनुदानमा चार गुणा वृद्धि

    भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न सहयोग पु¥याउने उद्देश्यले अनुदान बढाइएको उहाँको...

Pages