relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १२, बिहिबार

    पर्यटकको पखाईमा झोवाङको शीतल गुफा

    ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको विकाससहित...

  • २०७६ आषाढ १२, बिहिबार

    दुर्गममा जाँदैनन् कर्मचारी

    सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताउनुभयो । “ एक वडामा महीनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन”,...

  • २०७६ आषाढ १२, बिहिबार

    कस्टम हायरिङ सेन्टर स्थापना

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोनको ५० प्रतिशत अनुदानमा धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरस्थित पाटीचौर साना किसान कृषि सहकारी संस्था लि। ले ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । सुपरजोन कार्यालयको रु १५ लाख र उक्त सहकारी संस्थाको रु १५ लाख गरी कूल रु ३० लाखको लागतमा सो केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्र उद्घाटनका क्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक...

  • २०७६ आषाढ ११, बुधबार

    महानगरद्वारा दूधको अनुदानमा चार गुणा वृद्धि

    भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न सहयोग पु¥याउने उद्देश्यले अनुदान बढाइएको उहाँको...

  • २०७६ आषाढ ११, बुधबार

    प्रधानमन्त्री रोजगार कार्यक्रम ः शुक्लाफाँटामा पदमार्ग निर्माण

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ । आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेका २४ जनाले काम पाएका छन् । झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका...

  • २०७६ आषाढ ११, बुधबार

    भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो

    केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको चन्द तरकारी पसल पिपल्लाका दिनेश चन्दले बताउनुभयो । उहाँल भन्नुभयो, “...

  • २०७६ आषाढ ११, बुधबार

    मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

    मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि याफ्टिङ जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा ९¥याफ्टिङ० सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब...

  • २०७६ आषाढ ११, बुधबार

    उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउसमा’

    उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय आजदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार शुरु गरिएको थियो । उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भइसके...

  • २०७६ आषाढ ११, बुधबार

    किसानलाई अनुदानमा कृषि उपकरण

    बैतडीको पाटननगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताउनुभयो । ५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उहाँले बताउनुभयो । किसानको समय बचत होस् र उनीहरूलाई कृषिकर्ममा सजिलो होस् भन्ने उद्देश्यले कृषि उपकरण...

  • २०७६ आषाढ ११, बुधबार

    लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उहाँले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताउनुभयो । “शान्ति...

  • २०७६ आषाढ ११, बुधबार

    श्यामलाललाई देखेन शहरले

    रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । आमाको मृत्यु हँुदा श्यामलाल १० वर्षका थिए । बुबाआमाले छाडेर गएपछि उनी एक्लै भए । सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि त श्यामलाल सहाराविहीन नै भए । ज्याला मजदुरी गरेर साँझ बिहानको जोहो गर्दै आएका उनले सँगै काम गर्ने अप्सरासँग विवाह गरे...

  • २०७६ आषाढ ११, बुधबार

    मृतक नगरप्रवक्ताको परिवारलाई १० लाख सहयोग

    मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको मङ्गलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै वडा नं ४ का वडाध्यक्षसमेत रहेका स्वर्गीय भट्टको परिवारलाई रु १० लाख दिने निर्णय गरेको हो । स्वर्गीय भट्टका छोराछोरीलाई अध्ययन खर्च पनि प्रदान गरिने नगर उपप्रमुख जानकी बमले बताउनुभयो । प्रत्येक...

Pages