राष्ट्रिय
-
२०७६ आषाढ १३, शुक्रबार
एएफयूको भवन बनाउन त्रिविले रोक्यो
कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयू र त्रिभूवन विश्वविद्यालय ९त्रिवि० बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । एएफयूका उपकुलपति प्रा।डा। ईश्वरीप्रसाद...
-
२०७६ आषाढ १३, शुक्रबार
ससीटिभी क्यामरा जडान
आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो । करीब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध...
-
२०७६ आषाढ १३, शुक्रबार
विभिन्न विधामा तीन पत्रकार सम्मानित
नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो...
-
२०७६ आषाढ १३, शुक्रबार
एक हजार दुईसय हजयात्री साउदी जाँदै
नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक...
-
२०७६ आषाढ १३, शुक्रबार
समाचार प्रभाव कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बसेका सुनारी घरमा फिर्ता
विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्कनुभएको छ । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आउनुभएको थियो । जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताउनुभएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उहाँलाई घर फर्काइएको छ । गाउँपालिकाका...
-
२०७६ आषाढ १३, शुक्रबार
नक्कली किसानको अन्त्य गर्नुपर्छ कृषिमन्त्री
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उहाँले सो कुरा...
-
२०७६ आषाढ १३, शुक्रबार
एक मेगावाट क्षमताको विद्युत् शिलान्यास
कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–१ गडीगाउँस्थित एक मेगावाट क्षमताको जलविद्युत् शिलान्यास गरिएको छ । चुकेनी खोला विद्युत् सहकारी संस्थाअन्तर्गत निर्माण हुन लागेको ९९८ किलोवाट करीब एक मेगावाट को चुकेनी खोला साना जलविद्युत् आयोजना कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले दुर्गमका जनताका लागि उत्पादित विद्युत्...
-
२०७६ आषाढ १३, शुक्रबार
सीमापारि बजारको आकर्षण
बाँके जिल्लाको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाका व्यापारीका लागि थेगीनसक्नु छ तर नेपालगञ्जका व्यापारीलाई ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अझै अन्त्य हुन हुन सकेको छैन । “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइ छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “यो बुझाइ नै गलत हो । बहुराष्ट्रिय कम्पनीका सामान...
-
२०७६ आषाढ १३, शुक्रबार
पर्यटक बसका चालक र सहचालकलाई तालीम
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि...
-
२०७६ आषाढ १३, शुक्रबार
बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’
जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए । दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ...
-
२०७६ आषाढ १३, शुक्रबार
झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालीम
प्रदेश नं १ का पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चारगृह झापाले बिहीबारदेखि तीनदिने खोज पत्रकारिता तालीम शुरु गरेको छ । प्रदेश नंं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तालीममा पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीमा क्रियाशील ६० पत्रकारको सहभागिता छ । झापाको विर्तामोडमा सञ्चालित तालीममा प्रशिक्षकहरु मोहन मैनाली, चन्द्र भण्डारी र चिन्तामणि दाहाल...
-
२०७६ आषाढ १३, शुक्रबार
विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने
‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार...


