राष्ट्रिय
-
२०७६ आषाढ १६, सोमबार
‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने
सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न...
-
२०७६ आषाढ १६, सोमबार
काठमाडौँको फोहोर उठ्न थाल्यो
दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो । विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा...
-
२०७६ आषाढ १४, शनिबार
मोटरसाइकल ¥याली
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा विभिन्न संघसस्था द्धारा आज शनिवार १० बजे मोटरसाइकल ¥याली सुरु भएको छ । यो ¥याली काठ्माडौ, भक्तपुर हुदै किर्तिपूर पुगि जनचेतना कार्यक्रम गर्ने भएको छ । यो ¥याली सडक बिस्तार सम्बन्धी तथा सडक विस्तार पिडित पक्षको लागि गरिएको भन्ने बारे संरक्षण सयुंक्त सर्घष समितिबाट सुमन सायमी जानकारी दिनु भएको हो
-
२०७६ आषाढ १३, शुक्रबार
स्वास्थ्यकर्मीको सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि
स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गर्नुभएको छ । बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका...
-
२०७६ आषाढ १३, शुक्रबार
पूर्वप्रधानमन्त्रीलगायत चार सयले अवलोकन गरे रिमालको एकल प्रदर्शनी
आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार शङ्करनाथ रिमालको एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले अवलोकन गर्नुभएको छ । असार ५ गतेबाट शुरु भएको प्रदर्शनीमा लगभग चार सयले अवलोकन गरेको रिमालले जानकारी दिनुभयो । “आगामी दिनमा मेरो कलालाई थप निखार्दै जानेछु”, उहाँले भन्नुभयो । प्रदर्शनीका...
-
२०७६ आषाढ १३, शुक्रबार
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँकी दिदी धरानमा बसोबास...
-
२०७६ आषाढ १३, शुक्रबार
‘एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता’
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइईको परीक्षाफलमा सार्वजनिक विद्यालयका विद्यार्थीको नतिजा सन्तोषजनक नभएको सन्दर्भमा वक्ताले शिक्षामा अति राजनीतिकरण रोक्न र सीपमुखी शिक्षामा लाग्न सुझाएका हुन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार...
-
२०७६ आषाढ १३, शुक्रबार
उद्योगमा भारतीय कामदार, होटलमा स्थानीयलाई प्राथमिकता
बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो । सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे । विसं २०६२÷६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि...
-
२०७६ आषाढ १३, शुक्रबार
यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेको थियो । यार्सागुम्बा सङ्कलनकर्ताबाट टोलीमा सात जना कर्मचारी...
-
२०७६ आषाढ १३, शुक्रबार
पाँच वर्षदेखि रोकिएको राहुघाट निर्माण सञ्चालन
ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो । पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध...
-
२०७६ आषाढ १३, शुक्रबार
स्मार्ट विद्युत् मिटर वितरण शुरु
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ग्राहकलाई स्मार्ट विद्युत् मिटर वितरण शुरु गरेको छ । भरतपुर महागरपालिकाको विद्युत् वितरण र व्यवस्थापनलाई चुस्त बनाउन विद्युत् प्राधिकरणले स्मार्ट मिटर वितरण शुरु गरेको हो । शुरुमा थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी...
-
२०७६ आषाढ १३, शुक्रबार
जलेश्वर कारागार डुबानमा
आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो...


