राष्ट्रिय
-
२०७६ आषाढ १९, बिहिबार
विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग
चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय कक्षा १ देखि कक्षा ८ सम्म मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ । इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् । कार्यक्रममा इको सोप नेपालले...
-
२०७६ आषाढ १९, बिहिबार
विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग
चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय कक्षा १ देखि कक्षा ८ सम्म मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ । इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् । कार्यक्रममा इको सोप नेपालले...
-
२०७६ आषाढ १९, बिहिबार
विद्यालयमा लोकप्रिय बन्दै चिनियाँ भाषा
काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल एलआरआई, यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने गरेको पाइएको...
-
२०७६ आषाढ १९, बिहिबार
‘व्यापार सहजीकरणमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा’
निजी क्षेत्रले व्यापार सहजीकरण र आर्थिक गतिविधि विस्तारमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीले विद्यमान आपूर्ति प्रणालीमा देखिएको व्यवधान तत्काल हटाइनुपर्ने बताए । निर्यात अनुदान बढाएर निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनीहरुले उद्योगी व्यवसायीमा सरकारले उत्साह...
-
२०७६ आषाढ १९, बिहिबार
स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबार पोखरामा बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले स्वरोजगारका लागि प्रदेशका...
-
२०७६ आषाढ १९, बिहिबार
भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु
सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् । झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ । मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो ।...
-
२०७६ आषाढ १९, बिहिबार
तस्करीको ढोका बन्द भएको छ ः सचेतक भट्टराई
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उहाँले सङ्घीय...
-
२०७६ आषाढ १९, बिहिबार
आयोगको विज्ञापन संविधानको मर्मविपरीत
पछिल्लो समयमा प्रकाशित लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत भएको भन्दै आपत्ति जनाएको छ । सो विज्ञापन संविधानको मूल मर्मविपरीत हुँदाहुँदै सर्वोच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्रबाट ‘आरक्षण बचाऔँ आन्दोलन’ नामक सङ्गठनले आपत्ति जनाएको हो ।...
-
२०७६ आषाढ १९, बिहिबार
नौ बालबालिकाको उद्धार
मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो । समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास...
-
२०७६ आषाढ १९, बिहिबार
तीन अर्ब चार करोड अनुदान
सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।
-
२०७६ आषाढ १८, बुधबार
लोप हुँदै कुमाल पेशा
दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । “लामो समयदेखि हामी वृृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर...
-
२०७६ आषाढ १८, बुधबार
सार्वजनिक यातायात क्षेत्रमा सुधार गर्न माग
राष्ट्रियसभाका सांसदले सार्वजनिक यातायातलाई सहज र सुलभका साथै एकाधिकारबाट मुक्त गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद...


