राष्ट्रिय
-
२०७६ आषाढ १८, बुधबार
चार महीनामै स्याउ फल्दा किसान हर्षित
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो ।...
-
२०७६ आषाढ १८, बुधबार
सभामुख महराद्वारा तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको अवलोकन
सभामुख महराद्वारा तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको अवलोकन सभामुख कृष्णबहदुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । सो अवसरमा सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तत्कालीन जनयुद्धको सम्झना गर्दै भन्नुभयो, “अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास...
-
२०७६ आषाढ १८, बुधबार
‘बालबालिकालाई घर फर्काउनै गाह्रो’
काठमाडौँमा पछिल्लो ६ महीनाको अवधिमा १० पटक रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोजी भयो । उक्त अभियानमा उद्धार गरिएका १५६ बालबालिकामध्ये १५ जना मात्रै परिवारमा फर्किन चाहे । घर जान नमान्ने १४१ बालबालिका उपत्यकाका विभिन्न पुनःस्थापनगृहमा राखिएको छ । काठमाडौँको ठमेलमा भेटिएका १५ वर्षीय एक बालकको सडकमा हिँड्न एउटा समूह नै छ । तर कोही पनि घर जाने मनस्थितिमा छैनन् । उनले भने, “सडक नै...
-
२०७६ आषाढ १८, बुधबार
कुलेखानी तेस्रो जलविद्युत् निर्माण
उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ । विद्युत्गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । भँैसेस्थित कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर...
-
२०७६ आषाढ १८, बुधबार
प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम
चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको भ्रमणदलका सदस्य तथा उहाँका प्रेस सल्लाहकार शेरबहादुर केसीले...
-
२०७६ आषाढ १८, बुधबार
बेनी–बरङ्जा सडकको स्तरोन्नति
म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ । विसं २०६३ मा ट्र्याक मात्रै खोलिएको सो सडकको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नति गरिएको हो । सडक फराकिलो बनाउने, जमीनमा ढलान...
-
२०७६ आषाढ १८, बुधबार
खामडाँडाका ८४ घरमा केन्द्रीय विद्युत् विस्तार
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको रु ४६ लाख ९६ हजार ७०९ लागतमा विस्तार गरिएको विद्युत् मङ्गलबारदेखि औपचारिक उद्घाटन गरिएको छ । लिलिमा र खामडाँडाका ८४ घर उपभोक्ताको घरमा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शुभारम्भ गर्नुभयो । लिलिमा र खामडाँडामा...
-
२०७६ आषाढ १८, बुधबार
सम्बन्धविच्छेदको ५७७ मुद्दा दर्ता
यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन् । चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो । अदालतका श्रेस्तेदार केशवकुमार कौशिकका अनुसार गत भदौ १ गतेदेखि जारी नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको थियो । प्राप्त विवरणअनुसार...
-
२०७६ आषाढ १८, बुधबार
घुम्ती सेवाबाट ७३ लाई नागरिकता
प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् । अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन्...
-
२०७६ आषाढ १८, बुधबार
ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ
राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ । पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको आज पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गर्नुभयो । यस्तै ‘पर्यटक प्रहरी मोबाइल एप’को पनि शुभारम्भ गरिएको छ । मोबाइल एपको शुभारम्भ महानगरीय प्रहरी...
-
२०७६ आषाढ १८, बुधबार
राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो
दाङका ज्येष्ठ नागरिकले सरकारले आफूहरुलाई स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा दिएको सहुलियत उपयोग गर्न नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले मङ्गलबार तुलसीपुरमा ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१० निवासी ७६ वर्षीया सुमित्रा भण्डारीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक...
-
२०७६ आषाढ १८, बुधबार
अज्ञात रोगले बङ्गुर मर्न थाले
निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न थालेपछि कृषक चिन्तत भएका छन् । घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताउनुभयो । “आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए, अहिले धमाधम मर्न थालेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो । अज्ञात रोगका कारण अहिलसम्म सो ठाउँमा २० वटा बङ्गुर मरिसकेको बताइएको छ । घरमै पुगेर...


