STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ २०, शुक्रबार

    सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

    सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ पीइसी ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ । उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या...

  • २०७६ आषाढ २०, शुक्रबार

    बुटवल सडक विस्तार मुद्दाको अझै टुङ्गो लागेन

    अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोलासम्मका सडक सीमाभित्रका घर टहरा भत्काउने विषयको मुद्दाको टुङ्गो नलाग्दा सडक विस्तारको काम थप पछाडि धकेलिएको हो । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका मुख्य न्यायाधीश...

  • २०७६ आषाढ २०, शुक्रबार

    भूमिहीन अतिविपन्न दलितले जमीन पाउने

    सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न समुदायका दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो । कति जमीन उपलब्ध गराइने हो भन्ने सार्वजनिक भएको छैन । यसका लागि मन्त्रालयले आवश्यक नीति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको...

  • २०७६ आषाढ २०, शुक्रबार

    आँखाका बिरामीको निःशुल्क शल्यक्रिया

    स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ । आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई...

  • २०७६ आषाढ २०, शुक्रबार

    गैसस नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन शनिबार

    गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन शनिबार अष्ट्रेलियाको शहर सिड्नीमा हुँदैछ । निर्वाचनले आगामी दुई वर्षका लागि अष्ट्रेलियाभर रहेका नेपालीहरुको नेतृत्व चुन्नेछ । निर्वाचनमा दिनेश पोखरेल र केशव कँडेलको समूह लड्दैछन् । अष्ट्रेलियामा करीब दुई लाख नेपाली रहेकामा मतदाता करीब १२ हजार रहेको बताइएको छ । आठ प्रदेश रहेको अष्ट्रेलियामा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समिति र प्रदेश समितिका २०९...

  • २०७६ आषाढ २०, शुक्रबार

    राजधानीमा बाटिक मेला शुरु

    राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्मो र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । आजसम्म सञ्चालन हुने मेलामा...

  • २०७६ आषाढ २०, शुक्रबार

    केइसीमा ‘दृष्टि २।०’ प्रदर्शनी शुरु

    काठमाडौँ इञ्जिनियरिङ कलेज केइसी, कालीमाटीमा राष्ट्रियस्तरको ‘दृष्टि २।०’ तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । ड्रोन उडाएर प्रदर्शनीको उद्घाटन गर्दै कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधानले इञ्जिनीयरिङ अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कार्यलाई केन्द्रित गर्दै आयोजना गर्दै आएको बताउनुभयो । “विशेष गरी इञ्जिनीयरिङ विषय अध्ययन गर्न चाहने १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि लक्ष्य गरी कलेजले प्रदर्शनी...

  • २०७६ आषाढ २०, शुक्रबार

    केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ

    केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो । सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट...

  • २०७६ आषाढ २०, शुक्रबार

    एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक

    ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन् । सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ । यही असार १२...

  • २०७६ आषाढ १९, बिहिबार

    स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबार पोखरामा बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले स्वरोजगारका लागि प्रदेशका...

  • २०७६ आषाढ १९, बिहिबार

    भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु

    सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् । झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ । मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो ।...

  • २०७६ आषाढ १९, बिहिबार

    तस्करीको ढोका बन्द भएको छ ः सचेतक भट्टराई

    राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उहाँले सङ्घीय...

Pages