राष्ट्रिय
-
२०७६ आषाढ २२, आइतबार
राजधानीमा पर्यटक बसपार्कको अभाव
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी साधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य भएका छन् । काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख...
-
२०७६ आषाढ २२, आइतबार
मृतक बालकको परिवारलाई आर्थिक सहयोग
इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको जामुनेस्थित माछापुच्छ इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा रु ४० हजार प्रदान गरिएको हो । युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर...
-
२०७६ आषाढ २२, आइतबार
लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी
लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन ९आइओएम०सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ ।...
-
२०७६ आषाढ २०, शुक्रबार
अनलाइन सेवा विस्तार हुँदै
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सूचना प्रविधिको उच्चतम प्रयोग गरी हालसम्म ६६ वटा कार्यालयमा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । करीब दुई वर्ष अगाडि शुरु गरिएको यस किसिमको सेवा सबै मालपोत तथा भूमिसुधार कार्यालयमा सञ्चालन गरी जग्गा प्रशासनमा सुशासन कायम गरिने लक्ष्य राखिएको छ । जग्गा प्रशासनसम्बन्धी कागजपत्र भौतिकरुपमा क्षति भएमा त्यसको तथ्याङ्कलाई केन्द्रमा सुरक्षित गर्न सकिने...
-
२०७६ आषाढ २०, शुक्रबार
जर्मनीद्वारा तीन अर्ब दुई करोड अनुदान
सङ्घीय गणतन्त्र जर्मनीले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई रु तीन अर्ब दुई करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ग्रामीण सौर्य ऊर्जा प्रवद्र्धन, शहरी क्षेत्रमा मातृ तथा शिशु स्याहार तथा ग्रामीण एवं अर्धशहरी क्षेत्रमा दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले उक्त रकम प्रदान गर्न लागेको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि...
-
२०७६ आषाढ २०, शुक्रबार
वनलाई आर्थिक समृद्धिको आधार बनाउँदैछौँ वनमन्त्री बस्नेत
सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताउनुभएको छ । “वन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने गरी यसको बहुआयामिक उपयोग गर्ने प्रक्रिया शुरु भएको छ”, विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “वनलाई आर्थिक विकास, प्रकृतिमा आधारित पर्यटन,...
-
२०७६ आषाढ २०, शुक्रबार
पूर्वमन्त्री धमलासहित नेकपा प्रवेश
पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गर्नुभएको छ । नेकपा कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको हो । नयाँ शक्ति पार्टीबाट प्रवेश गर्नुभएका तीनै...
-
२०७६ आषाढ २०, शुक्रबार
कञ्चनपुरमा पुनः विद्युत्भार कटौती
नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ । दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः शुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित विद्युत्भार कटौतीको तालिकामा दैनिक चारदेखि छ...
-
२०७६ आषाढ २०, शुक्रबार
सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए
सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ पीइसी ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ । उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या...
-
२०७६ आषाढ २०, शुक्रबार
बुटवल सडक विस्तार मुद्दाको अझै टुङ्गो लागेन
अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोलासम्मका सडक सीमाभित्रका घर टहरा भत्काउने विषयको मुद्दाको टुङ्गो नलाग्दा सडक विस्तारको काम थप पछाडि धकेलिएको हो । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका मुख्य न्यायाधीश...
-
२०७६ आषाढ २०, शुक्रबार
भूमिहीन अतिविपन्न दलितले जमीन पाउने
सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न समुदायका दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो । कति जमीन उपलब्ध गराइने हो भन्ने सार्वजनिक भएको छैन । यसका लागि मन्त्रालयले आवश्यक नीति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको...
-
२०७६ आषाढ २०, शुक्रबार
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया
स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ । आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई...


