राष्ट्रिय
-
२०७६ आषाढ १९, बिहिबार
भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु
सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् । झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ । मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो ।...
-
२०७६ आषाढ १९, बिहिबार
तस्करीको ढोका बन्द भएको छ ः सचेतक भट्टराई
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उहाँले सङ्घीय...
-
२०७६ आषाढ १९, बिहिबार
आयोगको विज्ञापन संविधानको मर्मविपरीत
पछिल्लो समयमा प्रकाशित लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत भएको भन्दै आपत्ति जनाएको छ । सो विज्ञापन संविधानको मूल मर्मविपरीत हुँदाहुँदै सर्वोच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्रबाट ‘आरक्षण बचाऔँ आन्दोलन’ नामक सङ्गठनले आपत्ति जनाएको हो ।...
-
२०७६ आषाढ १९, बिहिबार
नौ बालबालिकाको उद्धार
मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो । समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास...
-
२०७६ आषाढ १८, बुधबार
गरीब परिवारलाई जस्तापाता वितरण
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो । १२ वडा रहेको नगरपालिकामा प्रत्येक वडाबाट पहिलो चरणमा चार–चार गरीब परिवारको छनोट गरी जस्तापाता वितरण शुरु गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । वडाको...
-
२०७६ आषाढ १८, बुधबार
नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा
नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र...
-
२०७६ आषाढ १८, बुधबार
लोप हुँदै कुमाल पेशा
दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । “लामो समयदेखि हामी वृृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर...
-
२०७६ आषाढ १८, बुधबार
सार्वजनिक यातायात क्षेत्रमा सुधार गर्न माग
राष्ट्रियसभाका सांसदले सार्वजनिक यातायातलाई सहज र सुलभका साथै एकाधिकारबाट मुक्त गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद...
-
२०७६ आषाढ १८, बुधबार
स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड
मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका...
-
२०७६ आषाढ १८, बुधबार
पेट्रोलियम व्यवसायीको मनपरी
सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षांै भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि अझै घटाउन पहल भएको छैन । जिल्ला प्रशासनले पेट्रोल बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत माघ महीनाको दोस्रो साता बोलाएर छलफल गरेकामा उनीहरूले एक...
-
२०७६ आषाढ १८, बुधबार
रामग्रामको विकास हुन्छ ः मन्त्री अर्याल
भूमि व्यवस्थासहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास...
-
२०७६ आषाढ १८, बुधबार
‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु
कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले...


