relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १८, बुधबार

    नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

    नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र...

  • २०७६ आषाढ १८, बुधबार

    लोप हुँदै कुमाल पेशा

    दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । “लामो समयदेखि हामी वृृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर...

  • २०७६ आषाढ १८, बुधबार

    सार्वजनिक यातायात क्षेत्रमा सुधार गर्न माग

    राष्ट्रियसभाका सांसदले सार्वजनिक यातायातलाई सहज र सुलभका साथै एकाधिकारबाट मुक्त गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद...

  • २०७६ आषाढ १८, बुधबार

    स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड

    मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका...

  • २०७६ आषाढ १८, बुधबार

    पेट्रोलियम व्यवसायीको मनपरी

    सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षांै भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि अझै घटाउन पहल भएको छैन । जिल्ला प्रशासनले पेट्रोल बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत माघ महीनाको दोस्रो साता बोलाएर छलफल गरेकामा उनीहरूले एक...

  • २०७६ आषाढ १८, बुधबार

    रामग्रामको विकास हुन्छ ः मन्त्री अर्याल

    भूमि व्यवस्थासहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास...

  • २०७६ आषाढ १८, बुधबार

    ‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु

    कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले...

  • २०७६ आषाढ १८, बुधबार

    आईफा अवार्ड नेपालमा नहुने भयो

    भारतीय फिल्म अर्वाड आईफ आयोजन गर्ने निर्णय फिर्ता लिएको छ । चौतर्फी विरोध भएपछि फिल्म आईफा अवार्ड कायैक्रम नहुने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत दिपकराज जोशीले आइफा अर्वाड नहुने जानकारी दिनुभएको छ । अब एक दुइ वर्षपछि मात्र कार्यक्रम हुन सक्ने सम्भावना छ भन्नु भयो । अषार ८ गते भएको मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अर्वाड आईफा कार्यक्रम नेपालमा हुने भनिएको थियो । उक्त कार्यक्रम गर्न...

  • २०७६ आषाढ १८, बुधबार

    एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

    माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड वृद्धि परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ । कार्यालयका अनुसार २०७५ साल...

  • २०७६ आषाढ १७, मंगलबार

    ‘एकीकृत रुपमा विज्ञापन व्यवस्थित गर्न विधेयक’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बढ्दो बजार, उपभोक्ताको हितजस्ता विषय नियमन गर्न विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयक ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट हुने अवाञ्छित प्रचारलाई विधेयकमार्फत...

  • २०७६ आषाढ १७, मंगलबार

    माडीवासीलाई रगत निःशुल्क

    माडी नगरपालिकाले त्यहाँका बासिन्दालाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । माडी वा अन्य क्षेत्र जहाँ उपचार गरे पनि उनीहरुले रगतमा अनुदान पाउने भएका हुन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले साउन महीनाबाट लागू हुने गरी माडीवासीले नेपालका जुनसुकै स्थानबाट रगत लिनु पर्दा लाग्ने रकम नगरपालिकाले व्यहोर्न लागेको वताउनुभयो । उहाँका अनुसार क्षेत्रीय रक्त रञ्चार केन्द्र...

  • २०७६ आषाढ १७, मंगलबार

    विपद् व्यवस्थापनमा साढे तीन करोड, ११३ गाउँ जोखिममा

    बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले नदी तटीय क्षेत्रका...

Pages