राष्ट्रिय
-
२०७६ आषाढ १६, सोमबार
असार २१ वाट निकुञ्जभित्र जिप नचल्ने
चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो भन्नुभयो । निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप...
-
२०७६ आषाढ १६, सोमबार
चलचित्र बिकास बोर्डद्वारा चलचित्रकर्मीहरु सम्मानित
चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सबको अवसर पारेर आज असार १६ गते बोर्डको प्रेक्षालय हलमा १४ चलचित्रकर्मीहरुलाई “चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६” सम्मानित गरेको छ भने चार चलचित्र भवनलाई विशिष्ट योगदान सम्मान, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेतलाई सम्मानित गरैर्को छ । नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को...
-
२०७६ आषाढ १६, सोमबार
अहिलेकै अवस्थामा निगमलाई पैसा दिन सकिन्न प्रम
आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन...
-
२०७६ आषाढ १६, सोमबार
ऐतिहासिक महत्वका ढुङ्गेधारा ओझेलमा
के तपाईंलाई काठमाडौँको सुनधारामा एकनाशले निरन्तर पानी झरिरहेको थाहा छ त्यो पनि एउटा धारामा मात्र होइन, सुनधाराका सबै धारामा त्यतिकै फोर्सबाट पानी झरिरहेको हुन्छ । नेपाल भाषामा लुँहिटी भनिने यो धारामा २४सैँ घण्टा निरन्तर पानी झरिरहने भएकाले काठमाडौँवासी २०३० को दशकसम्म दुवै हातको अञ्जुली थापेर पानी पिउने, नुहाउने तथा लुगा धुने गरिन्थ्यो । हाल आएर यो कुरा उहिलेको कथा जस्तो भइसक्यो । लुँहिटी मात्र...
-
२०७६ आषाढ १६, सोमबार
चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ
नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानहरुले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन् । उद्योगीहरुले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसानहरु आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन् । उनीहरुले आज दिउँसोबाट नाराबाजी सहित नगरपालिका घेराउ गरेका हुन् । किसान र उद्योगीको सहमतिमा चिया खरीदबिक्री...
-
२०७६ आषाढ १६, सोमबार
चार सय धारा जडान
तनहुँको ब्यासनगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ देखि चालु आवको हालसम्म ती धारा जडान गरिएको हो । एक घर एक धारा अभियानअन्र्तगत योजना प्राथामिकतामा राखेर प्रत्येक घर घरमा पानीको धारा जडान गरिएको सो वडा कार्यालयले जनाएको छ । वडाको रुम्सीमा ११३, ठिन नयाँ गाउँकोटमा ७१, मास्दीमा ४५, सुडेमा ४६, हर्कपुरमा ३८, छाब्दी कैजलेमा ३६, बेलभञ्ज्याङमा २२ र राशि भञ्ज्याङमा २०...
-
२०७६ आषाढ १६, सोमबार
चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती
उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् । यसअघि किसान र उद्योगीले...
-
२०७६ आषाढ १६, सोमबार
एकल महिला आयआर्जन कार्यक्रम सञ्चालन
नमोबुद्ध नगरपालिकास्थित एकल महिलालाई आयआर्जनका लागि तरकारी तथा फलफूल खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले आयआर्जन तालीममार्फत स्वावलम्बन बनाइने योजना बनाइएको हो । एकल महिलालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा तालीमको आयोजना गरिएको...
-
२०७६ आषाढ १४, शनिबार
मोटरसाइकल ¥याली
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा विभिन्न संघसस्था द्धारा आज शनिवार १० बजे मोटरसाइकल ¥याली सुरु भएको छ । यो ¥याली काठ्माडौ, भक्तपुर हुदै किर्तिपूर पुगि जनचेतना कार्यक्रम गर्ने भएको छ । यो ¥याली सडक बिस्तार सम्बन्धी तथा सडक विस्तार पिडित पक्षको लागि गरिएको भन्ने बारे संरक्षण सयुंक्त सर्घष समितिबाट सुमन सायमी जानकारी दिनु भएको हो
-
२०७६ आषाढ १३, शुक्रबार
एएफयूको भवन बनाउन त्रिविले रोक्यो
कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयू र त्रिभूवन विश्वविद्यालय ९त्रिवि० बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । एएफयूका उपकुलपति प्रा।डा। ईश्वरीप्रसाद...
-
२०७६ आषाढ १३, शुक्रबार
ससीटिभी क्यामरा जडान
आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो । करीब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध...
-
२०७६ आषाढ १३, शुक्रबार
विभिन्न विधामा तीन पत्रकार सम्मानित
नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो...


