STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ ११, बुधबार

    काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली

    नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न...

  • २०७६ आषाढ ११, बुधबार

    छात्राका लागि आत्मसुरक्षा तालीम

    प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालीम सञ्चालन हुनेछ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको सो तालीममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम दिइनेछ । तालीमको उद्घाटन गर्दै आन्तरिक...

  • २०७६ आषाढ ११, बुधबार

    सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न

    कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ९श्याम० जानकारी दिनुभयो । उहाँका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण...

  • २०७६ आषाढ ११, बुधबार

    चिनिया राजदुत को जवाफ ,नेपालको सबैभन्दा ठुलो जलविधुत् आयोजना हामीले बनाएको हो ।

    नेपालका उर्जामन्त्री वर्षमान पुन मगंलवार चिनियां राजदुत होउ यान्छी सगको भेटमा चिनियाँ कम्पनीको कामप्रति असन्तुष्टि भएको बताएका छन । पुनले कम्पनीको काममा ढिलाइ भइरहेको गुनासो पोखेका छन् । तर चिनिया राजदुत यान्छी जवाफमा हामीले नेपालको सबैभन्दा ठुलो जलविधुत् आयोजना हाम्रै कम्पनीले बनाएको हो भन्दै टिइटर मार्फत भनेका छन् । यान्छीले तयार भएको तामाकोशी जलविधुत् आयोजना को फोटो देखाउदै जवाफ फर्काएका थिए...

  • २०७६ आषाढ ११, बुधबार

    गर्मी बढेपछि नगरक्षेत्रका विद्यालय तीन दिन बन्द

    उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी...

  • २०७६ आषाढ ११, बुधबार

    खुला चीनपछि खुल्दैछ तिब्बत

    सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएकोे आह्वान थियो त्यो । त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई आजको यो रुपमा ल्यायो । चीन अहिले अमेरिकापछिको विश्वको दोस्रो ठूलो...

  • २०७६ आषाढ ११, बुधबार

    अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

    सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो । परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी...

  • २०७६ आषाढ ११, बुधबार

    सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग

    गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । “नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही...

  • २०७६ आषाढ ११, बुधबार

    पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

    पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ । पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी...

  • २०७६ आषाढ ११, बुधबार

    सवारी जाँच कार्ययोजना शुभारम्भ

    चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ ।...

  • २०७६ आषाढ ११, बुधबार

    दुर्लभ जनावर सालक संरक्षण अभियान शुरु

    विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न जिल्लामा चेतनामूलक अभियान थालिएको छ । सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएकाले यसको संरक्षणमा उत्साहित भएका हुन् । सालकको उपयुक्त बासस्थान मानिएको महाभारत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थलीमा यस वर्ष पहिलो चरणमा चेतनामूलक कार्यक्रम गरिएको छ । तत्कालै पाँचखाल क्षेत्रमा कार्यक्रम...

  • २०७६ आषाढ ११, बुधबार

    इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु

    इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र...

Pages