relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १३, शुक्रबार

    स्मार्ट विद्युत् मिटर वितरण शुरु

    नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ग्राहकलाई स्मार्ट विद्युत् मिटर वितरण शुरु गरेको छ । भरतपुर महागरपालिकाको विद्युत् वितरण र व्यवस्थापनलाई चुस्त बनाउन विद्युत् प्राधिकरणले स्मार्ट मिटर वितरण शुरु गरेको हो । शुरुमा थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी...

  • २०७६ आषाढ १३, शुक्रबार

    जलेश्वर कारागार डुबानमा

    आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो...

  • २०७६ आषाढ १३, शुक्रबार

    कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

    रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिएका...

  • २०७६ आषाढ १३, शुक्रबार

    घर सम्पन्न प्रमाणपत्र लिन दुई वटा बिरुवा अनिवार्य

    तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो । नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । “...

  • २०७६ आषाढ १३, शुक्रबार

    प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी

    स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ । शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्येको एक हो । यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ...

  • २०७६ आषाढ १३, शुक्रबार

    स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

    डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ । बर्थिङ सेन्टरसमेत रहेको यस स्वास्थ्य...

  • २०७६ आषाढ १३, शुक्रबार

    प्रहरी बिट हस्तान्तरण

    हेटौँडा–२ स्थित सगरमाथा युपीभीसी उद्योगले ट्राफिक प्रहरी कार्यालय हेटौँडालाई प्रहरी बिट हस्तान्तरण गरेको छ । उद्योगका सञ्चालक राजेन्द्र न्यौपाने र रामबहादुर गुरुङले मकवानपुरका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरलाई बिहीबार सो प्रहरी बिटको साँचो हस्तान्तरण गरेका हुन् । सडकमा ड्युटी गर्न बसेका ट्राफिकलाई वर्षात्को समयमा निकै ठूलो समस्या हुने भएकाले यो बिटले केही राहत...

  • २०७६ आषाढ १३, शुक्रबार

    एएफयूको भवन बनाउन त्रिविले रोक्यो

    कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयू र त्रिभूवन विश्वविद्यालय ९त्रिवि० बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । एएफयूका उपकुलपति प्रा।डा। ईश्वरीप्रसाद...

  • २०७६ आषाढ १३, शुक्रबार

    ससीटिभी क्यामरा जडान

    आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो । करीब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध...

  • २०७६ आषाढ १३, शुक्रबार

    विभिन्न विधामा तीन पत्रकार सम्मानित

    नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो...

  • २०७६ आषाढ १३, शुक्रबार

    एक हजार दुईसय हजयात्री साउदी जाँदै

    नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक...

  • २०७६ आषाढ १३, शुक्रबार

    समाचार प्रभाव कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बसेका सुनारी घरमा फिर्ता

    विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्कनुभएको छ । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आउनुभएको थियो । जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताउनुभएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उहाँलाई घर फर्काइएको छ । गाउँपालिकाका...

Pages