STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वमन्त्री धमलासहित नेकपा प्रवेश

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गर्नुभएको छ । नेकपा कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको हो । नयाँ शक्ति पार्टीबाट प्रवेश गर्नुभएका तीनै जना नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आवद्ध हुनुहुन्न थियो । पार्टी प्रवेशलगत्तै धमला, पराजुली र पौडेलले देशको अहिले आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले यही पार्टी प्रवेश गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय