राष्ट्रिय
-
२०७६ आषाढ २३, सोमबार
पुल बिग्रिएपछि आवतजावतमा समस्या
काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले...
-
२०७६ आषाढ २३, सोमबार
गृहप्रशासन र सुरक्षा निकायमा वृत्ति विकास पुनः सञ्चालन गरिने
गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताउनुभयो । सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा...
-
२०७६ आषाढ २३, सोमबार
प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री
नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा रु एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका...
-
२०७६ आषाढ २३, सोमबार
टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण
कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ । टिस्युकल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेका चौधरी उक्त प्रविधिबाट उत्पादित बिरुवाले राम्रो प्रतिफल दिने बताउनुहुन्छ । टिस्युकल्चर प्रविधिलाई प्रथमिकता दिएका चौधरीले यो प्रविधिले उत्पादन गरिएका केराका शिरुवा गत वर्ष बिक्री गरेर रु ३४ लाख आम्दानी...
-
२०७६ आषाढ २३, सोमबार
तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन
साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन्...
-
२०७६ आषाढ २३, सोमबार
हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने, सडक सीमाभित्रको संरचना हटाउने
हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ । डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५÷२५ मिटरभित्र पर्ने घर, टहरा, मन्दिर...
-
२०७६ आषाढ २३, सोमबार
खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता
खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो । स्थानीयवासी जीवन...
-
२०७६ आषाढ २३, सोमबार
प्रदूषण जाँच हुँदैन सवारी साधनको
देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’सवारी जाँच केन्द्र मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने अर्कातिर यातायात व्यवस्था कार्यालयले सामान्य जाँचसमेत नगरी सवारीसाधन नवीकरण गरिरहेका छन् । टेकुस्थित सेन्टर नेपालको एकमात्रै उपकरणबाट सवारीको जाँचपास हुने कार्यालय हो । केन्द्रमा साना सवारीको सवारी...
-
२०७६ आषाढ २२, आइतबार
२४ ज्येष्ठ नागरिकलाई सम्मान
स्याङ्जाको वालिङ नगरपालिका–८ वडा कार्यालयले वडाभित्र रहेका ८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार वडाभित्रका वालिङ बजार, भीमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरालगायतका स्थानीयवासीको घरघरमै पुगेर सम्मान गर्नुका साथै स्वास्थ्य परीक्षणसमेत गरेको कार्यवाहक वडाध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वडाले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत यो...
-
२०७६ आषाढ २२, आइतबार
विषादीयुक्त फलफुल तरकारीको आयात रोक्न माग
प्रतिनिधिसभाको आको बैठकमा सांसदले विषादीयुक्त फलपूmल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलपूmल तथा तरकारी आयात रोक्न आग्रह गर्नुभयो । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षण गर्न माग गर्नुभयो । सांसद...
-
२०७६ आषाढ २२, आइतबार
बालगृहलाई सहयोग
जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताउनुभयो । अनाथका लागि निर्माण गरिएको बालगृहमै पुगेर सहयोगी...
-
२०७६ आषाढ २२, आइतबार
आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु
साधारण शेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आजदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको पनि शेयर बिक्री शुरु भएको छ । सो संस्थाको कूल चार लाख कित्ता साधारण शेयर बिक्री शुरु भएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण शेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ७५ हजार कित्ता शेयरमा...


