राष्ट्रिय
-
२०७६ आषाढ २४, मंगलबार
साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण
आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ । व्यक्तिका वैयक्तिक र जैविक...
-
२०७६ आषाढ २४, मंगलबार
अण्डाको मूल्य बढ्यो, लागत मूल्य अझै पुगेन
कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक...
-
२०७६ आषाढ २४, मंगलबार
वर्षात् शुरु भएसँगै सुनसान सौराहा
वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् । गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी...
-
२०७६ आषाढ २३, सोमबार
टाइफाइडको प्रकोप बढ्दै
हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिनुभयो । एक...
-
२०७६ आषाढ २३, सोमबार
देशभर मनसुन सक्रिय
मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा पानी पर्ने प्रणाली उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा...
-
२०७६ आषाढ २३, सोमबार
बाबुको पुख्र्यौली पेशा अपनाउँदै पूर्णलक्ष्मी
“बाबुले जीवनभर अपनाएको पुख्र्यौली पेशा आज मेरो दिनचर्याको एक माध्यम बन्नपुग्यो”, ४० वर्षअघि हाल ललितपुर महानरपालिका–२१ बुङमतीमा जन्मिनुभएकी पूर्णलक्ष्मी शाक्यले आफूले काठमा कुँदेका भगवान्का मूर्ति देखाउँदै भन्नुभयो । “माइतीमा छँदा बेलाबखत बाबुले गर्नुभएको काम हेर्ने गर्थेँ । उहाँले कँुदेका बुट्टाहरु मलाई ज्यादै मनपथ्र्यो । कहिलेकाहीँ खोइ त बाबा म पनि बुट्टा बनाउँछु भनेर बाबुलाई जिस्क्याउँदा...
-
२०७६ आषाढ २३, सोमबार
नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण
नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ । नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक...
-
२०७६ आषाढ २३, सोमबार
कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित छ पक्राउ
कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको...
-
२०७६ आषाढ २३, सोमबार
शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो । “नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा...
-
२०७६ आषाढ २३, सोमबार
द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला
सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो । पोकामा बम बनाउन...
-
२०७६ आषाढ २३, सोमबार
विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो
दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ । सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुङ्गा खोलामा फालेपछि करीव एक...
-
२०७६ आषाढ २३, सोमबार
नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र
करीब पाँच वर्षअघि ‘सर्भे’ गरिएको नेपालगञ्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र रहने गरी सर्भे भएको चक्रपथ निर्माण अन्योलमै छ । चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो । सरकारले रु...


