relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ २४, मंगलबार

    फन् भ्यालीले कर छलि गरेको उजुरीमा कागजपत्र नियन्त्रणमा

    काठमाडौ फन् भ्यालीले कर छलेको आशंका गर्दै राजश्व कार्यलयले फन् भ्याली कागजपत्र नियन्त्रण लिएको छ । भक्तपुर सूर्यविनायक नगपालिका वडा नं १० पलाँसेमा रहेको फन् भ्यालीले कर छलि गरेको उजुरी आए लगतै कागजपत्र नियन्त्रणमा लिएको हो । कार्यलय प्रमुख सूर्यप्रसाद पोखरेका अनुसार उजुरी आएपछि उक्त संस्थाको कागजपत्रहरु लिएको हो । अनुसन्धानको क्रम जारी छ वास्तविकता केहि समयपछि थाहा हुने जानकारी पोखरेल बताउनु भयो...

  • २०७६ आषाढ २४, मंगलबार

    सदरमुकाममै छाउगोठ

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ ९महीनावारी भएको बेलामा सुत्ने ठाउँ० भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् । धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला...

  • २०७६ आषाढ २४, मंगलबार

    साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण

    आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ । व्यक्तिका वैयक्तिक र जैविक...

  • २०७६ आषाढ २४, मंगलबार

    अण्डाको मूल्य बढ्यो, लागत मूल्य अझै पुगेन

    कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक...

  • २०७६ आषाढ २४, मंगलबार

    वर्षात् शुरु भएसँगै सुनसान सौराहा

    वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् । गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी...

  • २०७६ आषाढ २४, मंगलबार

    बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

    बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ । निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो...

  • २०७६ आषाढ २४, मंगलबार

    नेविसंघ द्धारा विषादीयुक्त तरकारी प्रधानमन्त्रीलाई पठाइयो

    नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादीयुक्त तरकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ । भारतबाट आउने तरकारी र फलफुलमा विषदी परीक्षण गर्न सरकार पछि हटेको भन्दै जनतालाई विष खुवाउन खोजिएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोहि कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट प्रमलाई तरकारी पठाइएको जानकारी नेविसंघका नेता शुशील भट्ले दिनुभएको छ । अब आन्दोलन चरनबद्ध रुपमा हुने भन्दै...

  • २०७६ आषाढ २४, मंगलबार

    जो विदेशी भूमिमा अस्ताए

    भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा । विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो । यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन् । घर्तीको घर...

  • २०७६ आषाढ २४, मंगलबार

    बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु गरिँदै

    पटकपटक निर्माण शुरु भएर पनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण छिट्टै शुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्सन जेभीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव...

  • २०७६ आषाढ २३, सोमबार

    कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित छ पक्राउ

    कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको...

  • २०७६ आषाढ २३, सोमबार

    शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो । “नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा...

  • २०७६ आषाढ २३, सोमबार

    द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला

    सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो । पोकामा बम बनाउन...

Pages