relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १०, मंगलबार

    महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग

    कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् । महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित हिजो जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ...

  • २०७६ आषाढ १०, मंगलबार

    कुपण्डोल देखि मंगलबाजार सम्म साइकल लेन बनाइने

    ललितपुर महानगरपालिकाले अब कुपण्डोल देखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । यस कार्यको प्रकिया सुरु भइ सकेको जानकारी मेयर चिरिबाबु मर्हजनले दिनु भएको छ । लेनको कामको लागि टेण्डर पनि खुलिसकके र चाडो काम शुरु गर्ने जानकारी मेयर द्धारा पाएको छ । साइकल बनाउनै को लागि महानगरले ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ । सडकको छेउमा ९.२ मिटर क्षेत्रमा साइकल लेन बनाइने छ ।

  • २०७६ आषाढ १०, मंगलबार

    मेलम्ची आयोजनाको काम सञ्चालन गर्न कार्यदल

    मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । इटालेली कम्पनी सिएमसी भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । मेलम्ची...

  • २०७६ आषाढ १०, मंगलबार

    हेटौँडाको बजेट रु एक अर्ब ८१ करोड

    मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट रु ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको...

  • २०७६ आषाढ १०, मंगलबार

    चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन

    उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरोद्वारा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको पूर्वसन्ध्यामा सोमबार यहाँ आयोजित कार्यक्रममा लेखक न्यौपानेको उक्त उपन्यास विमोचन गरिएको हो । उपन्यास महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री र लागुऔषध ब्यूरोका प्रमुख...

  • २०७६ आषाढ १०, मंगलबार

    अन्तर्राष्ट्रिय उडान बढाउँदै निगम

     राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध...

  • २०७६ आषाढ १०, मंगलबार

    स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या

    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो । बुद्ध आँखा जाँच केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका...

  • २०७६ आषाढ १०, मंगलबार

    क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ प्रबलीकरण गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो । भूकम्पले घर चर्किएको करीब...

  • २०७६ आषाढ १०, मंगलबार

    कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान सम्पर्कमा रहनेलाई पनि औषधि

    कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन...

  • २०७६ आषाढ १०, मंगलबार

    प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

    फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण मेसिन राख्ने तयारी गरेको हो । विषादी परीक्षणका लागि पाँच मेसिन बोलपत्रमार्फत खरीद गरिसकिएको प्रदेश...

  • २०७६ आषाढ १०, मंगलबार

    बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण

    विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोडको ठेक्का आह्वान गरेको थियो । बोलपत्र आह्वानबमोजिम पिएस गोल्डेनगुड समानान्तर जेभीले ठेक्का सम्झौता गरी विसं २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरेको थियो । पहिलो...

  • २०७६ आषाढ १०, मंगलबार

    आँखा उपचारमा नेपालीको पहुँच बढ्दो

    नेपालमा अन्धोपन निवारणका लागि ‘भिजन ट्वान्टी—ट्वान्टी’ कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी—...

Pages