STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ ८, आइतबार

    प्रहरी बिटमा मासु पसल

    प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए । जिल्ला संयुक्त बजार अनुगमन...

  • २०७६ आषाढ ८, आइतबार

    भारतीय बाधँले सयौँ घर डुबानमा

    शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा,...

  • २०७६ आषाढ ८, आइतबार

    वसुवर्ण साकोसको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

    ललितपुर, नागबहालस्थित वसुवर्ण वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । २०७६ जेष्ठ ३० गते निसें जेष्ठ ७ गते १० दिनसम्म यो तालिम भएको हो । संस्थाका अध्यक्ष सुमन शाक्यको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा वितरण गर्नुभयो । यस तालिमबाट प्राप्त...

  • २०७६ आषाढ ७, शनिबार

    कानूनबारे जानकारी गराउँदै कर्णाली सरकार

    कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको हो । मन्त्रालयले कानूनी बहस, छलफल, संवाद, अन्तक्र्रिया र प्रशिक्षणका माध्यमबाट कानूनी...

  • २०७६ आषाढ ७, शनिबार

    कष्टकर जीवन बिताउँदै कैदी

    जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् । “राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भन्नुभयो...

  • २०७६ आषाढ ७, शनिबार

    जथाभावी औषधि नबेच्न सुझाव

    निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ । पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । आज सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी...

  • २०७६ आषाढ ७, शनिबार

    मनसुन मध्येक्षेत्र प्रवेश संगै वर्षा शुरु

    बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । “अबको एक ÷दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो । आज देशको अधिकांश स्थानमा आंशिकदेखि...

  • २०७६ आषाढ ६, शुक्रबार

    प्रेसमाथि कहीँबाट कुनै खतरा छैन ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै सरकारले कसैलाई अप्ठेरो बनाएको छैन, प्रेसमाथि कहीँबाट पनि कुनै खतरा छैन भन्नुभयो । मन्त्री...

  • २०७६ आषाढ ६, शुक्रबार

    अर्थ विधेयक पारित

    प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ आज बहुमतले पारित भएको छ । प्रदेश नं। १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकमा १२ वटा दफा र पाँच वटा अनुसूची रहेका छन् । सो विधेयकको छलफल प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, विजयकुमार विश्वास, राधा थापाले आ–आफ्ना...

  • २०७६ आषाढ ६, शुक्रबार

    बु्रमर सञ्चालन गर्न एक साता लाग्ने

    काठमाडौँ महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान बु्रमर यान्त्रिक कुँचो सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ । गत आइतबार चीनको छेन्दु नगरले कामपालाई ब्रुमर प्रदान गरेको थियो । ब्रुमर सञ्चालन गर्ने रुट, त्यसको चालक र सहचालक तथा केही यन्त्र जडान गर्नुपर्ने भएकाले यसको सञ्चालनमा अझै केही समय लाग्ने कामपाले जनाएको छ । यो ब्रुमर युरो पाँच मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका...

  • २०७६ आषाढ ६, शुक्रबार

    गुठी जग्गामा सरोकारवाला पक्षको चासो र चिन्ताको सम्मान गरिने

    सरकारले सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, सम्वद्र्धन गर्ने गरी नयाँ विधेयक ल्याउने भएको छ । गुठी जग्गामाथिको अतिक्रमण बढ्न थालेपछि सरकारले सरकारी सार्वजनिक तथा अतिक्रमित भएका जग्गाको संरक्षण व्यवस्थापन गर्न सरोकारवाला पक्षका साथै विज्ञसँग आवश्यक परामर्श गरी त्यस विषयलाई परिमार्जित गरी ल्याउन लागेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले जानकारी दिनुभयो ।...

  • २०७६ आषाढ ६, शुक्रबार

    स्थायी राजधानी र नामको टुङ्गो चाँडै

    प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै लगाउन प्रक्रिया शुरु भइसकेको बताउनुभयो । उहाँले सरकारको सीमित स्रोतसाधनको सीमाभित्र रहेर प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार, विकास र...

Pages