राष्ट्रिय
-
२०७६ आषाढ ८, आइतबार
रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनी शुरु
वर्षा र सहकाल का देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ । पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो । गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो । सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप...
-
२०७६ आषाढ ८, आइतबार
पत्रकारिताका नाममा ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता
पत्रकारिताका नाममा धम्की दिई ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशन हुने ‘दूधमति’ साप्ताहिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले वस्तुनिष्ठभन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु...
-
२०७६ आषाढ ८, आइतबार
गए राती देखि विद्युत् सेवा अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षाका कारण सल्यानमा विद्युत् अवरुद्ध भएको छ । विद्युत्को दाङ–सल्यान प्रसारण लाइनअन्र्तगत विभिन्न ठाउँमा समस्या आएपछि शनिबार रातिदेखि विद्युत् अवरुद्ध बनेको हो । विद्युत् प्रसारण अवरुद्ध हुँदा जिल्लाका उद्योग, कलकारखाना तथा सरकारी कार्यालयसमेत प्रभावित भएका छन् । बिहानदेखि विद्युत् मर्मत गरी सञ्चालन गर्ने प्रयास गरिएको भए पनि अविरल वर्षाका कारण कठिनाइ भएको विद्युत्...
-
२०७६ आषाढ ८, आइतबार
जमीन भासिँदा जिससको भवन भत्कियो
लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति जिसस पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी चण्डीका गणमा...
-
२०७६ आषाढ ८, आइतबार
राष्ट्रिय पाककला प्रतियोगिता
देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता खाना पकाउने सीप परीक्षण मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सि टीइभिटी र राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, स्वीस सरकारको प्राविधिक सहयोग तथा गेट भोकेसनलको समन्वयमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपालीले उपाधिको साथमा नगद रु एक लाख...
-
२०७६ आषाढ ८, आइतबार
एक कृषकले राखे ११४ जातको धानको बीउ
प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राख्नुभएको छ । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राख्नुभएका उहाँले यस वर्ष थप दुई नयाँ जातको बीउ राख्नुभएको हो । चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गर्नुभएको छ । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा...
-
२०७६ आषाढ ८, आइतबार
सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना
नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले...
-
२०७६ आषाढ ८, आइतबार
पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि
योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गर्नुभएका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय हुनुहुन्छ । दुई दशक अघिदेखि नेपाल...
-
२०७६ आषाढ ८, आइतबार
३० वर्षमा ५ सन्तान, कोही विद्यालय जाँदैन
अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । झट्ट हेर्दा ४०÷४५ वर्ष जस्ती देखिन्छिन् उनी । यो उमेरमै पाँच सन्तान पाइसकेकी मैयाँ फेरि पनि गर्भ बसेको पो छ कि भन्ने शङ्का मेट्न छिमेकी...
-
२०७६ आषाढ ७, शनिबार
कष्टकर जीवन बिताउँदै कैदी
जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् । “राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भन्नुभयो...
-
२०७६ आषाढ ७, शनिबार
जथाभावी औषधि नबेच्न सुझाव
निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ । पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । आज सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी...
-
२०७६ आषाढ ७, शनिबार
मनसुन मध्येक्षेत्र प्रवेश संगै वर्षा शुरु
बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । “अबको एक ÷दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो । आज देशको अधिकांश स्थानमा आंशिकदेखि...


