STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय पाककला प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता खाना पकाउने सीप परीक्षण मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सि टीइभिटी र राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, स्वीस सरकारको प्राविधिक सहयोग तथा गेट भोकेसनलको समन्वयमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपालीले उपाधिको साथमा नगद रु एक लाख प्राप्त गर्न सफल हुनुभयो । प्रदेश नं ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरी रु ७५ हजार पुरस्कार प्राप्त गर्नुभयो भने प्रदेश नं ५ का ओमप्रसाद ढकालले तेस्रो हँुदै रु ५० हजार पुरस्कार प्राप्त गर्नुभयो । देशका सात प्रदेशका १६३ प्रतियोगीबाट विभिन्न चरणमा गरी अन्तिम चरणमा १४ जना छनोट भएका थिए । नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएकाले प्राविधिक जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको बताइन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको बेलामा प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो । दुई महीनादेखि विभिन्न चरणमा छनोट हुँदै अन्तिम चरणमा तीनथरिका खाना पकाउने कलाको परीक्षण भएको गेट भोकेसनल पोखराका प्रबन्ध निर्देशक विवेक पौडेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय