राष्ट्रिय
-
२०७६ आषाढ २, सोमबार
छोरी जन्मिए खातामै एक हजार
कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ । “छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता...
-
२०७६ आषाढ २, सोमबार
पूर्वी तराईमा डेंगु नियन्त्रणमा चुनौती
पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ । डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ । ती निकायबीचमा समन्वय नहुँदा पछिल्लो समय डेंगु फैलिनेक्रम जारी रहेको छ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं १५ का एक बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत वैशाख ३० गते...
-
२०७६ आषाढ २, सोमबार
बेथानचोकको गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ । सो गाउँपालिकाको वडा नं। ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४ नं वडाका...
-
२०७६ आषाढ २, सोमबार
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी
नेकपा क्रान्तिकारी–माओवादी को विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी ले आज त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै...
-
२०७६ आषाढ २, सोमबार
कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु भएको छ । सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु गरिएको हो । विशेषगरी दिक्तेलबजार, सोल्मालगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्टमल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर...
-
२०७६ आषाढ २, सोमबार
सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार,...
-
२०७६ आषाढ १, आइतबार
जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम...
-
२०७६ आषाढ १, आइतबार
च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन
दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भन्नुभयो, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि...
-
२०७६ आषाढ १, आइतबार
‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’ प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताउनुभएको छ । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।...
-
२०७६ आषाढ १, आइतबार
गर्भवतीलाई कीटनाशक झुल वितरण
औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरेको प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीका अहेव मोहन कलौनीले बताउनुभयो । लामुखुट्टेको टोकाइबाट औलोरोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बचाउन गर्भवतीलाई झुल वितरण गरिएको होे । लामखुट्टे हुर्कन सक्ने खालको वातावरण...
-
२०७६ आषाढ १, आइतबार
दुई सङ्गठनबीच एकता
नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ जिल्ला शाखाको घोषणा गरिएको छ । महासङ्घ नेपाल कम्युनिष्ट पार्टी नेकपा को शुभेच्छुक सङ्गठन हो । एकताअघि सङ्घमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासङ्घको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन । जिल्लास्तरमा...
-
२०७६ आषाढ १, आइतबार
खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी
सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको पटक–पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका...


