राष्ट्रिय
-
२०७६ जेठ २८, मंगलबार
भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी ९प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तर०को निर्णयबाट सातै...
-
२०७६ जेठ २८, मंगलबार
विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्नुहुँदै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिनुभयो । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको...
-
२०७६ जेठ २८, मंगलबार
कृषक समूहलाई हाते ट्र्याक्टर
गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो । मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा रु दुई लाख २५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर वितरण...
-
२०७६ जेठ २८, मंगलबार
दिवा खाजाले विद्यार्थी वृद्धि
जिल्लाको आदर्श गाउँपालका–६ गरिचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । उक्त विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन शुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको सङ्ख्या एकाएक बढेको हो । पहिले विद्यालय उमेर समूहका धेरै बालबालिका घरमा नै बस्ने, विद्यालयमा भर्ना भएका विद्यार्र्थीको पनि नियमित...
-
२०७६ जेठ २८, मंगलबार
प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको...
-
२०७६ जेठ २८, मंगलबार
चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न
विश्व वातावरण दिवसको अवसरमा हालै बेलायतको राजधानी लन्डनमा चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । बेलायतमा रहेका १४ ओटा नेपाली साहित्य संस्थाको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा दुर्गाबहादुर सुवेदीले गर्नुभएको थियो । सो अवसरमा करीब ३५ जना कवि तथा कवयित्रीले कविता वाचन गर्नुभएको थियो । तीमध्ये अहिल्या कुँवरको कवितालाई सर्वोत्कृष्ट...
-
२०७६ जेठ २८, मंगलबार
रातु पुलमा नौ महीना नबित्दै भ्वाङ
पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र ९पिच० उप्केर ठूलठूला भ्वाङ परेको हो । काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूला भ्वाङ परेको हो । २५० मिटर लम्बाइ र १०।९० मिटर चौडाइको यो पुलमा अहिले ५०...
-
२०७६ जेठ २८, मंगलबार
छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण
नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक...
-
२०७६ जेठ २८, मंगलबार
नेकपा बैतडीले पूर्णता पायो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो । पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित...
-
२०७६ जेठ २८, मंगलबार
‘खेल विकासका कार्यक्रम खै ’
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा भाग लिँदै सांसद हृदयेश त्रिपाठीले विकास खर्चलाई सही ढङ्गले अगाडि बढाउनुपर्नेमा विश्लेषण नगरीकन विकास बजेट ल्याइएको विचार व्यक्त गर्दै कृषकलार्ई दिने भनिएको अनुदान तिनमा नपुगेको उल्लेख...
-
२०७६ जेठ २८, मंगलबार
त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने...
-
२०७६ जेठ २८, मंगलबार
तालैतालको शहरमा साउनदेखि खुला चिडियाखाना
रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा...


