राष्ट्रिय
-
२०७६ जेठ २८, मंगलबार
तालैतालको शहरमा साउनदेखि खुला चिडियाखाना
रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा...
-
२०७६ जेठ २८, मंगलबार
पाँच पटक सांसद बन्नुभएका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा
जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ । युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसक्नुभएको छ । पछिल्लो समय विसं २०६५ सालयता उहाँको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ ।...
-
२०७६ जेठ २८, मंगलबार
प्रेसलाई अङ्कुश लगाउनु हुँदैन नेता रावल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताउनुभएको हो । प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको...
-
२०७६ जेठ २८, मंगलबार
गहँु उत्पादन बढ्यो
डडेल्धुरामा यो वर्ष गहँु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ । समयमै वर्षा र पटकपटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरुले पनि किसानलाई उन्नत जातको गहुँको बीउ...
-
२०७६ जेठ २८, मंगलबार
घरघडेरी व्यवस्थापनका निम्ति समिति
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्थापनको काम पाल्पाको रामपुर नगरपालिकाबाट शुभारम्भ गर्ने बताइरहँदा रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापनका लागि सहयोग समिति गठन भएको छ । नगरपालिकाअन्तर्गत साविकको रामपुर गाविसले लगत अद्यावधिक गरेको घरघडेरीको जग्गाधनी प्रमाणपुर्जा पाउनेबारे प्रक्रिया अघि नबढेपछि रामपुरका सरोकार पक्षको भेलाले समिति गठन गरेको हो । जग्गा...
-
२०७६ जेठ २८, मंगलबार
प्रधानमन्त्री संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा...
-
२०७६ जेठ २८, मंगलबार
सामूहिक कृषि व्यवसाय फस्टाउँदो
प्रदेश नं। ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ । अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु छ÷छ लाख अनुदान सहयोग प्राप्त गरेका छन् । उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित कीर्तिपुरमा बेमौसमी तरकारी खेती शुरु गरेको छ । सहकारीमा...
-
२०७६ जेठ २८, मंगलबार
महिला र अशक्तलाई छुट्टै टिकट काउण्टर
भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको...
-
२०७६ जेठ २८, मंगलबार
द्वन्द्वमा बन्द ठूला चामल उद्योग खण्डहरमा परिणत
दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन् । टीकापुर र नारायणपुरका चामल उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो । तिकुनियाँबाट भैरहवा नाका हुँदै चामल नेपाल...
-
२०७६ जेठ २८, मंगलबार
रुपाकोटमा भ्यू टावर बनाउन शुरु
खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’...
-
२०७६ जेठ २८, मंगलबार
पर्यटकीय गन्तव्य बन्दै याङ्जाकोटको प्राचीन पोखरी
कास्कीको मादी गाउँपालिका याङ्जाकोटस्थित प्राचीन पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । खानेपानीको सङ्कटलाई केही हदसम्म भए पनि सुलभ बनाउने लक्ष्यका साथ पुर्खाले झण्डै साढे दुई सय वर्षअघि खनेको पुरानो र ऐतिहासिक महत्व बोकेका सो पोखरीको संरक्षण तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको हो । समुन्द्री सतबाट झण्डै एक हजार ४०० मिटरको उचाइमा चार रोपनी क्षेत्रफलमा पैmलिएको सो...
-
२०७६ जेठ २८, मंगलबार
म्याग्दीमा सैनिक बोर्ड स्थापना
म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गर्नुभएको हो । भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भारत सरकार र नेपाल सरकारबीचको...


