राष्ट्रिय
-
२०७६ जेठ २६, आइतबार
बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड
सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०÷५० लाख विनियोजन भएको...
-
२०७६ जेठ २६, आइतबार
ट्राफिक व्यवस्थापनमा चेम्बरको ध्यानाकर्षण
ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर...
-
२०७६ जेठ २६, आइतबार
‘फेवा मानुषी’ लोकार्पण
साहित्यकार तथा कवि ठाकुरप्रसाद त्रिपाठीको तेस्रो कृति ‘फेवा मानुषी’को शनिबार यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । ‘दीपशिखा साहित्य सङ्गम’ कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले फेवा मानुषी खण्डकाव्यको लोकार्पण गर्नुभयो । खण्डकाव्यमा पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताललाई ब्रम्हाकी छोरी तथा एक महिलाका रुपमा चित्रित गर्दै मानवीय अतिक्रमणसँगै दिनानुदिन यसको...
-
२०७६ जेठ २६, आइतबार
प्रदेश ३ मा ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्
प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन् । विद्यालय जानबाट वञ्चित हुनाको मुख्य कारण पारिवारिक आर्थिक एवं सामाजिक समस्या रहेको बताइएको छ ।...
-
२०७६ जेठ २६, आइतबार
तीन पटक चारै कुनामा फर्केर सर्वसाधारणसँग प्रमाण माग्दै भोटो प्रर्दशन
राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गर्नुभयो । अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाउनुभयो । सो अवसरमा...
-
२०७६ जेठ २६, आइतबार
स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की...
-
२०७६ जेठ २६, आइतबार
सुस्त श्रवण भएका व्यक्तिलाई साङ्केतिक भाषाको तालीम
जुम्लामा सुस्त श्रवण भएका बालबालिकाका अभिभावकका लागि “साङ्केतिक भाषा” को तालीम शुरु भएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपालको आयोजनामा कर्णाली मावि अनामनगरमा अध्यनरत् सुस्त श्रवण भएको बालबालिकाका अभिभावकका लागि लक्षित गरी तीनदिने सो तालीम शुरु गरिएको हो । बुझ्न पाउने अधिकार सबै नागरिकको भएकाले साङ्केतिक भाषाको तालीम शुरु गरिएको प्लान नेपालका अधिकृत दिलीप बोहाराले बताउनुभयो...
-
२०७६ जेठ २६, आइतबार
गुठी विधेयकको विरोध ,नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ पक्राउ
काठमाडौँको नेवार समुदायले सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा आज यहाँ बृहत् प्रदर्शन गरेको छ । माइतीघर मण्डलमा भएको उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले चार आन्दोलनकारीलाई पक्राउ गरेको छ । यसक्रममा दुई जना घाइते भएका छन् । नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल श्रेष्ठ र विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ...
-
२०७६ जेठ २६, आइतबार
विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ...
-
२०७६ जेठ २६, आइतबार
माटो किनेरै भए पनि परम्परा धान्दै सोमबहादुर
कुमाल समुदायको पुर्खौली पेशालाई जोगाउन रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालले माटो किनेर विभिन्न सामग्री तयार पार्नुहुन्छ । माटो अभावमा समुदायबाटै पेशा नै लोप हँुदै गएपछि ३१ वर्षीय कुमालले भने माटो किनेर भए पनि जसोतसो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभएका कुमालले अहिले व्यावसायिक तवरबाट यो पेशा अँगाल्नुभएको छ । पहिले माटो...
-
२०७६ जेठ २४, शुक्रबार
तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् ठप्प
परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले...
-
२०७६ जेठ २४, शुक्रबार
खानेपानीको मुहानमै डम्पिङ साइट
अमरगढी नगरपालिकाले पानीको मुहान नजीकै डम्पिङ साइट बनाएपछि स्थानीय बासिन्दले विरोधमा उत्रिएका छन् । वडा नं ७ को कुयलीमा रहेको गुनेइगाड नजीकै डम्पिङ साइट बनाएर फोहर फाल्न थालिएकाले उनीहरूले विरोध जनाएका हुन् । स्थानीय बासिन्दाको जमीन भाडामा लिई नगरपालिकाले बजारको फोहर फाल्न थालेकाले खोलाको पानी र वरिपरिको वातावरण नै दुर्घन्धित भएकाले त्यहाँ फोहर फाल्न बन्द गर्नुपर्ने स्थानीयवासी राम भण्डारीले...


