राष्ट्रिय
-
२०७६ जेठ २६, आइतबार
सभा भवन अलपत्र
सभा सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ ।विसं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा काठपातसमेत हराउँदै गएको र भित्री भागमा पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताए । उक्त भवनमा पालेको व्यवस्था नहुँदा छानामा बालबालिकाले ढुङ्गा हानेर भरिदिएका छन् । रसुवामा मोटर बाटो निर्माण हुनुपूर्व सभा÷...
-
२०७६ जेठ २६, आइतबार
खच्चडमा सामग्री लगेर मन्दिर पुनःनिर्माण
पर्यटकीय लेक घुम्टेस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण भइरहेको छ । सडक नुपगेकाले घुम्टेमा निर्माण सामग्री पु¥याउनै हम्मे पर्छ । खच्चडले बालुवा, ढुङ्गा, सिमेन्ट र फलामका रड दैनिक खेप गर्छन् । करीब तीन हजार १२० मिटर उचाइमा मजदूर काममा खटेका छन् । तलैबाट अन्नपानी बोकेर लगेका छन् । टहरामा रात बिताउँछन् । कठिन परिस्थितिका बीच मन्दिर पुनःनिर्माणले भने गति लिएको छ । पर्यटन मन्त्रालयको रु २० लाख...
-
२०७६ जेठ २६, आइतबार
मन्त्रीहरुद्वारा सरसफाइ
विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको सरसफाइ कार्यक्रममा...
-
२०७६ जेठ २६, आइतबार
किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषि मन्त्री खनाल
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको वर्गीकरण गर्ने योजना सरकारको छ, यसपछि मात्र किसानको पहिचान हुने र योजना...
-
२०७६ जेठ २४, शुक्रबार
मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताउनुभयो । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा...
-
२०७६ जेठ २४, शुक्रबार
राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह
नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा...
-
२०७६ जेठ २४, शुक्रबार
उत्कृष्ट स्वास्थ्यकर्मी र संस्था सम्मानित
रामपुर नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा गाडाँकोट स्वास्थ्य चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्णप्रसाद वाग्ले, रामपुर अस्पतालका धनबहादुर सारु, खालिवन स्वास्थ्य चौकीका अनिताकुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ती भण्डारी रहेका छन् । त्यस्तै रामपुर नगरपालिकाभित्र रहेका नौ स्वास्थ्य...
-
२०७६ जेठ २४, शुक्रबार
धेरै बाल विवाह हुने मुलुकमा नेपाल
संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष युनिसेसफ ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी...
-
२०७६ जेठ २४, शुक्रबार
रविन्द्र खड्काको चुनाव जित्ने दावी
नेपाल चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि निर्वाचन गर्दैछ। सो निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । भने, उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ । सचिव...
-
२०७६ जेठ २४, शुक्रबार
जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने
मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप ओभरले गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु...
-
२०७६ जेठ २४, शुक्रबार
धाराको पानीमा लेदो आएपछि
धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो । बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको सदरमुकाममा कोठा भाडामा लिएर बस्नुभएका रविना सुनुवारले बताउनुभयो । “एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ...
-
२०७६ जेठ २४, शुक्रबार
किरियापुत्री भवन निर्माण
जनसहभागितामा तनहुँको व्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण गरिएको छ । मृत्यु संस्कारका लागि आवश्यकता महसुस गरी मादीसेती नदीको सङ्गमस्थल व्यास गुफा नजिकै भवन निर्माण गरिएको हो । विसं २०७५ वैशाख १४ गतेदेखि निर्माण थालिएको भवन अन्तिम चरणमा पुगेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो । नगरपालिकाका र जनसहभागितामा निर्माण शुरु गरिएको भवनका लागि हालसम्म रु ६३...


