STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २४, शुक्रबार

    जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भन्नुभयो,  “राससमा आउने...

  • २०७६ जेठ २४, शुक्रबार

    स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गरिने

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष वैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनले आठ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै यस्तो निर्णय गरेको हो । सम्मेलनले यसै वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिकसत्रबाट लागू गर्ने निर्णय गरेको छ । विद्यालयकोे भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिँदै सम्मेलनले...

  • २०७६ जेठ २४, शुक्रबार

    माछापुच्छे« द्धारा विपन्न परिवारको स्वास्थ्य बीमा

    जिल्लाको माछापुच्छ« गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।   आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरीब परिवार यकिन गरी यही जेठ महीनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा...

  • २०७६ जेठ २३, बिहिबार

    पेट्रोलियम पदार्थको हाहाकार

    पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।  नेपालले आयात गर्दै आएको पेट्रलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो...

  • २०७६ जेठ २३, बिहिबार

    वन व्यवस्थापनका लागि आठ हजार रुख काटिए

    कपिलवस्तुका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । जिल्लाका ३६ वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । गौतमबुद्ध डिभिजन वन कार्यालयका १० वन क्षेत्रका चार हजार ११।०८ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । डिभिजन वन कार्यालय तौलिहवाका २६ वनक्षेत्रका छ हजार ३८४ हेक्टर क्षेत्रफलमा कार्यक्रम शुरु भएको...

  • २०७६ जेठ २३, बिहिबार

    एक हजारको आँखाको शल्यक्रिया

    कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिनुभयो । उपचार केन्द्रमा...

  • २०७६ जेठ २३, बिहिबार

    बाँदरमुढेमा स्मृति उद्यान बनाइने

    चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताउनुभयो । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उहाँले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ २३, बिहिबार

    बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै वित्तीय सङ्घीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन सक्ने स्वीकार्नुभयो ।  ...

  • २०७६ जेठ २३, बिहिबार

    लोपोन्मुख गिद्ध भेटिए

    विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ । सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो...

  • २०७६ जेठ २३, बिहिबार

    संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

    पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी आमा मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो । समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै...

  • २०७६ जेठ २३, बिहिबार

    पुरुषसरह ज्याला पाउँदा महिला खुशी 

    पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।  पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताउनुभयो । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी...

  • २०७६ जेठ २३, बिहिबार

    एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का

    ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा...

Pages