STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लेटर प्रेस विस्थापित हुने अवस्थामा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

कुनै समय प्रायः छपाइसम्बन्धी काम गर्ने यहाँका लेटर प्रेस अहिले विस्थापित हुन थालेका छन् । आधुनिक अफसेट प्रेस यन्त्रको भित्रिएपछि लेटर पे्रस विस्थापित हुने अवस्थामा पुगेका हुन् । करीब एक दर्जनभन्दा बढी लेटर पे्रस रहेको यस जिल्लामा अहिले केही मात्र सञ्चालनमा छन् ।
लेटर प्रेसले छपाइ ढिलो हुने ग्राहकको चाहनाअनुसार गुणस्तर दिन नसक्ने, स्पष्ट अक्षर नहुने र दक्ष जनशतिm अभाव हुने भएकाले लेटर प्रेस विस्थापित भएका आयुषमान अफसेट प्रेसका सञ्चालक वीरेन्द्रप्रसाद नेपालले बताउनुभयो । उहाँका अनुसार समयको माग र ग्राहकको छिटो सेवाका लागि लेटर प्रेसबाट ती काम असम्भव भएकाले हटाउनु परेको हो ।
  विद्युत् नहुँदा पनि काम गर्न सजिलो सस्तो नेपाली कागजमा छाप्न सजिलो हुने जस्ता गुण लेटर प्रेसका भए पनि कम्प्युटरको समयमा अब त्यो काम ढिलो भएकाले विस्तारै विस्थापित हुन पुगेका उहाँको भनाइ छ । त्यस्तै दिपिका प्रिटिङ पे्रसका सञ्चालक रमानन्द गुप्ताले पनि आफूसँग भएको लेटर प्रेस बेच्ने तरखरमा रहेको बताउनुभयो । छपाइमा ढिलो भएर सेवाग्राहीलाई समयमै पु¥याउन नसकिन गुणस्तर डिजाइन बनाउन नसकिनेलगायतका कारणले आफूले लेटर प्रेसको बिक्री गर्न लागेको उहाँले बताउनुभयो । 
अफसेट पे्रसबाट दैनिक डेढ लाखप्रति छापन सकिने तर लेटर पे्रसबाट १० हजारप्रति पनि छाप्न गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो । त्यस्तै लहान नगरपालिका–८ स्थित रहेको यादव छापाखानाका सञ्चालक प्रवीण यादवले करीब ३० वर्ष अघि नै रु ६० हजारमा किनेको लेटर प्रेस कवाडी मूल्यमा बेचेको बताउनुभयो । 
Categorized in राष्ट्रिय