पातका टपरी हराउन थाले
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार
सालको पात टपरी हुनी, नहुनी सल्लैको
तिम्रो माया छ कति कति, नलाग पछि हल्लैको कुलेन्द्र विश्वकर्मा र विष्णु माझी
बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल यहाँ घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र दुना अहिले प्रायः देख्न नपाइने भइसकेको छ ।
प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले मात्रै जान्ने हुँदा यसको इतिहास नै सङ्कटमा पर्न थालेको छ । प्लाष्टिक र कागजका सामानको स्थानीय बजारमा माग बढ्न थालेपछि यस्ता सामान लोप हुन थालेका हुन् ।
टपरीको प्रयोग खास गरी पूजापाठलगायत धार्मिक अनुष्ठानमा हुने गरेको भए तापनि अहिले त्यसको प्रयोगमा निकै कमी आएको पात व्यापारी सानु भुजेलले बताउनुभयो । लामो समयदेखि टपरी बनाउनका लागि पातको व्यापार गर्दै आउनुभएका भुजेलले कागज र प्लाष्टिकको सामानको प्रयोग बढ्न थालेपछि आफूहरुको व्यवसाय नै चौपट भएको जनाउँदै दुखेसो गर्नुभयो । राजधानीमा टपरीको माग पूरा गर्नका लागि काठमाडौँ उपत्यका आसपासका पहाडी जिल्लाका अतिरितm तराईका विभिन्न स्थानबाट आयात गरिन्छ । प्रतिमुठा रु १५ देखि २५ तथा भोजभतेरमा प्रयोग हुने पातको प्लेट सयको रु २५० सम्ममा बिक्री हुने गरेको व्यवसायी बताउँछन् । यस्ता टपरीहरु विशेष गरी साल तथा मलहनको पातबाट बनाइने गरेको व्यवसाइ अप्सरा थापा बनाउनुहुन्छ ।
Categorized in राष्ट्रिय


