राष्ट्रिय
-
२०७६ जेठ ५, आइतबार
गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा
पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ जेठ ५, आइतबार
मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत िलएिको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो । नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा...
-
२०७६ जेठ ५, आइतबार
अनलाइनले सेवाग्राही मर्कामा
जिल्ला मालपोत कार्यलय कपिलवस्तुमा अनलाईन सेवा लागू भएपछि सेवाग्राही झन मर्कामा परेका छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दा नभएपछि कामका लागि दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाईन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् । अनलाईन प्रणालीमार्फत टोकनबाट सेवा...
-
२०७६ जेठ ३, शुक्रबार
मराङमा सडक निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँको अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो । बेशी–मराङ–बुल–मलम्पार–मल्कवाङ सडक आयोजना अन्तरगत यस वर्ष...
-
२०७६ जेठ ३, शुक्रबार
प्राङ्गारिक मल बनाउन गृहिणी इच्छुक
घरेलु फोहरको उचित व्यवस्थापन गर्न महिलाले मल बनाइने भाँडा ‘कम्पोष्ट मल बिन’ मन पराउन थालेका छन् । भान्छाको फोहरको उचित व्यवस्थापन हुने र कुहिएर मल बन्ने भएपछि गृहिणी कम्पोष्ट मल बनाउन इच्छुक देखिएका हुन् । कौसी तथा करेसाबारीमा लगाइएको तरकारीलाई राम्रो मल हुने भएपछि पछिल्लो समय गृहिणिको रोजाइमा कम्पोष्ट मल बिन पर्न थालेको हो । प्राङ्गारिक मल बनाउन प्रयोग गरिने सो भाँडालाई रु एक हजार पाँच सय...
-
२०७६ जेठ ३, शुक्रबार
स्थानीय निकायका उपप्रमुखको सहभागितामा इजलास सञ्चालन
स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री...
-
२०७६ जेठ ३, शुक्रबार
अन्नपूर्ण गाउँपालिकामा चक्रपथ निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई वटा वडालाई समेटेर चक्रपथको ट्याक मार्ग निर्माण भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा न। ५ र ६ नम्बर वडाका बस्तीहरुलाई समेटेर चक्रपथ बनाइएको हो । पाउद्धार–किन्दु सडकको ट्याक खुलेपछि साविक शिख र घार गाविसका बस्तीहरु चक्रपथमा समेटिएका हुन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको २२ लाख रुपैयाँ बजेटबाट पाउद्धार र झारवाङको सिमानामा रहेको सेते...
-
२०७६ जेठ ३, शुक्रबार
आलेख ः सभ्यताको जगेर्ना गर्दै कालीगण्डकीलाई आयआर्जनसँग जोड्ने प्रयास
मुक्तिनाथदेखि प्राकृतिक बहावमा बगिरहेको कालीगण्डकीको महिमा अपार छ । शालिग्राम पाइने नदीका नामले समेत परिचित कालीगण्डकीका किनारमा मुक्तिनाथ, ऋषिकेश, देवघाटधाम जस्ता तीर्थस्थल हुनुले यसको महिमा र गरिमा उत्तिकै बढाएको हो । पूर्वीय संस्कृति र सभ्यतासँग प्रत्यक्ष जोडिएको यहाँको जल अर्थात् पानीलाई आर्थिक र सामाजिक विकासमा उपयोग गर्ने सोचका साथ तल्लो तटीय क्षेत्रका बासिन्दा यतिखेर जुर्मुराउन थालेका छन्...
-
२०७६ जेठ ३, शुक्रबार
उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान
महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको...
-
२०७६ जेठ ३, शुक्रबार
मुख्यमन्त्री पौडेलद्वारा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्व नेता मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँहरुको २६ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देशमार्फत् श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । सन्देशमा मुख्यमन्त्री पौडेलले ‘जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नवीन विचारक जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जलि’ उल्लेख गर्नुभएको छ । आजै...
-
२०७६ जेठ ३, शुक्रबार
‘विपद्को पूर्वतयारीमा चासो देखिएन’
नेपालको भौगोलिक अवस्थाका कारण विभिन्न समयमा विपद् आइरहने भए पनि पूर्वतयारीमा भने सरकारले खासै चासो दिएको देखिएको छैन । भूकम्प, बाढी पहिरो, आँधी, डुबानजस्ता विपद् प्रत्येक वर्ष आउने भए पनि सरकारले त्यसको पूर्वतयारी गरी आवश्यक व्यवस्था भने गरेको देखिँदैन । राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण र मानव अधिकार’ विषयक अन्तर्क्रियामा आयोगका कावा अध्यक्ष प्र्रकाश वस्तीले...
-
२०७६ जेठ ३, शुक्रबार
जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा
आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर...


