राष्ट्रिय
-
२०७६ जेठ ३, शुक्रबार
नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने
चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई...
-
२०७६ जेठ ३, शुक्रबार
बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ ः ‘प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताउनुभएको छ । छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी...
-
२०७६ जेठ ३, शुक्रबार
काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका
डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । मौसमअनुसारका फलफूलको व्यापार गरेर राम्रो आम्दानी गर्दै आएका सडक आसपास गाउँका बालबालिकाले अहिले भने काफल, पुलम, आल्चा र आरु विक्रीबाट आम्दानी गरी पढाइ खर्च जुटाइरहेका अमरगढी–५ तोफानडाँडाका जोगराज ऐरले बताउनुभयो । यो वर्ष असिना पानीले गर्दा...
-
२०७६ जेठ ३, शुक्रबार
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै
स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुईरतीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ । धादिङ स्थायी घर भएका टेकबहादुर तामाङले दुई वर्षअघि...
-
२०७६ जेठ ३, शुक्रबार
बुद्धजयन्तीको तयारी पूरा
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६३ औँ बुद्धजयन्तीको तयारी पूरा भएको जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यमा रङरोगन गरी सिङ्गारिएको तथा त्यस वरपर क्षेत्रमा सरसफाइ गरिएको छ । बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकीर्तन, साँझमा दीपावली गरिने छ । मन्दिर परिसरमा साँझ गरिने दैनिक दीप प्रज्वलनमा सम्पूर्ण प्राणी जगत्को कल्याणको कामना गरिने महासमितिका महासचिव...
-
२०७६ जेठ ३, शुक्रबार
फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने
मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उहाँ बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । स्थानीयस्तरको समस्या, कार्यक्रम र गतिविधिका समाचार लेखेर पठाउने माध्यम नहुँदा शाहीलाई काम गर्ने इच्छाशक्ति पनि मर्दै गएको छ । फोन गर्नका लागि र...
-
२०७६ जेठ ३, शुक्रबार
लुम्बिनी विश्व कै सम्पदा हो ः मुख्यमन्त्री पोखरेल
लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासङ्घले आजदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ । सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा हो भन्नुभयो । उहाँले...
-
२०७६ जेठ ३, शुक्रबार
मराङमा सडक निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँको अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो । बेशी–मराङ–बुल–मलम्पार–मल्कवाङ सडक आयोजना अन्तरगत यस वर्ष...
-
२०७६ जेठ ३, शुक्रबार
प्राङ्गारिक मल बनाउन गृहिणी इच्छुक
घरेलु फोहरको उचित व्यवस्थापन गर्न महिलाले मल बनाइने भाँडा ‘कम्पोष्ट मल बिन’ मन पराउन थालेका छन् । भान्छाको फोहरको उचित व्यवस्थापन हुने र कुहिएर मल बन्ने भएपछि गृहिणी कम्पोष्ट मल बनाउन इच्छुक देखिएका हुन् । कौसी तथा करेसाबारीमा लगाइएको तरकारीलाई राम्रो मल हुने भएपछि पछिल्लो समय गृहिणिको रोजाइमा कम्पोष्ट मल बिन पर्न थालेको हो । प्राङ्गारिक मल बनाउन प्रयोग गरिने सो भाँडालाई रु एक हजार पाँच सय...
-
२०७६ जेठ ३, शुक्रबार
स्थानीय निकायका उपप्रमुखको सहभागितामा इजलास सञ्चालन
स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री...
-
२०७६ जेठ ३, शुक्रबार
अन्नपूर्ण गाउँपालिकामा चक्रपथ निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई वटा वडालाई समेटेर चक्रपथको ट्याक मार्ग निर्माण भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा न। ५ र ६ नम्बर वडाका बस्तीहरुलाई समेटेर चक्रपथ बनाइएको हो । पाउद्धार–किन्दु सडकको ट्याक खुलेपछि साविक शिख र घार गाविसका बस्तीहरु चक्रपथमा समेटिएका हुन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको २२ लाख रुपैयाँ बजेटबाट पाउद्धार र झारवाङको सिमानामा रहेको सेते...
-
२०७६ जेठ ३, शुक्रबार
आलेख ः सभ्यताको जगेर्ना गर्दै कालीगण्डकीलाई आयआर्जनसँग जोड्ने प्रयास
मुक्तिनाथदेखि प्राकृतिक बहावमा बगिरहेको कालीगण्डकीको महिमा अपार छ । शालिग्राम पाइने नदीका नामले समेत परिचित कालीगण्डकीका किनारमा मुक्तिनाथ, ऋषिकेश, देवघाटधाम जस्ता तीर्थस्थल हुनुले यसको महिमा र गरिमा उत्तिकै बढाएको हो । पूर्वीय संस्कृति र सभ्यतासँग प्रत्यक्ष जोडिएको यहाँको जल अर्थात् पानीलाई आर्थिक र सामाजिक विकासमा उपयोग गर्ने सोचका साथ तल्लो तटीय क्षेत्रका बासिन्दा यतिखेर जुर्मुराउन थालेका छन्...


