राष्ट्रिय
-
२०७६ जेठ ३, शुक्रबार
विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित
म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ । दुई वर्षअघि सम्म एक गाग्री पानी लिन एक घण्टाको बाटो हिँडेर त्यतीकै समय लाइनमा कुर्नुपर्ने दुर्गम ग्रामीण भेगका घरघरमा...
-
२०७६ जेठ ३, शुक्रबार
त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने
रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३०...
-
२०७६ जेठ ३, शुक्रबार
५०० लाई नागरिकता
बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता...
-
२०७६ जेठ ३, शुक्रबार
निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित
निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि...
-
२०७६ जेठ ३, शुक्रबार
पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी
नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।...
-
२०७६ जेठ ३, शुक्रबार
हिमाल नियाल्न भकुण्डे जाऔं
आफ्नै रहनसहन, जीवन शैली र संस्कृत िबोकेको बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि,ि माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले देख्न सकन्छि । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दनि बतिाउने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन । अत्यन्त उच्च ठाउँमा रहेर पन िठाउँ ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन...
-
२०७६ जेठ ३, शुक्रबार
मिर्गौलापीडित बालिकालाई सहयोग
मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आउनुभएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् । गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार...
-
२०७६ जेठ ३, शुक्रबार
मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन ः ओली
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट...
-
२०७६ जेठ ३, शुक्रबार
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, यही...
-
२०७६ जेठ ३, शुक्रबार
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।...
-
२०७६ जेठ ३, शुक्रबार
प्राविधिक शिक्षाले विद्यार्थी तान्यो
सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो । आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ...
-
२०७६ जेठ ३, शुक्रबार
नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने
चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई...


