राष्ट्रिय
-
२०७६ जेठ २, बिहिबार
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता
आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ । सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र चुस्त ब्यवस्थापन गर्नुपर्ने आवाज...
-
२०७६ जेठ २, बिहिबार
बागलुङलाई माछामा आत्मनिर्भर बनाउँछु ः पुन
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किनुभएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उहाँ दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । बागलुङ जिल्लाको सदरमुकाम रामरेखामा बस्दै आउनुभएका पुन कृषि कर्मका लागि जन्मथलो लेखानी फर्कने सोचमा हुनुहुन्थ्यो तर, उहाँ पारिवारिक...
-
२०७६ जेठ २, बिहिबार
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नेपाल कम्युनिष्ट पार्टी नेकपा का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो । “भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”,...
-
२०७६ जेठ २, बिहिबार
पुनःनिर्माणका लागि नब्बे हजार क्युफिट काठ वितरण
टिम्बर कर्पोरेशनले काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो । महाप्रबन्धक राजु लौडारीले पुनःनिर्माणका लागि माग भएअनुसार कर्पोरेशनले चिरान काठ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । “घर...
-
२०७६ जेठ २, बिहिबार
सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका
दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा...
-
२०७६ जेठ २, बिहिबार
कचनकवलको काँचुली फेर्ने गुरुयोजना
सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि पर्यटकीय आकर्षणका पूर्वाधार केही नभएका कारण नेपालकै प्रख्यात स्थान कचनकवल प्राय सुनसान जस्तै देखिन्छ । झापाको दक्षिणी कचनकवल गाउँपालिका–४ मा साढे चार बिघा क्षेत्रफलमा फैलिएको सो क्षेक्रमा २०४४...
-
२०७६ जेठ २, बिहिबार
पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा
छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । विसं २०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको...
-
२०७६ जेठ २, बिहिबार
मेघ गर्जनसहित क्षणिक वर्षा हुने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताउनुभयो । शनिबार फेरि पश्चिमी...
-
२०७६ जेठ २, बिहिबार
देवघाट क्षेत्र विकास समितिद्वारा रु १० करोड माग
देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै...
-
२०७६ जेठ २, बिहिबार
बेइजिङमा नेपाली मण्डपको आकर्षण
चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो । चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १५ गते उक्त मण्डप उद्घाटन गर्नुभएको थियो । ‘हरित जीवन ः उत्तम जीवन’ भन्ने नाराकासाथ...
-
२०७६ जेठ २, बिहिबार
पर्यटन क्षेत्रको सुरक्षा आवश्यक
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक आगमन बढ्ने बताएका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज...
-
२०७६ जेठ २, बिहिबार
पुरातत्व विभागलाई महानगरको पत्राचार
काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ । यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ । कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो । वडा नं १५ का वडाध्यक्ष एवं कामपाको प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोलका अनुसार...


