STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्कृतिको अधिकतम उपयोग गरौँ मुख्यमन्त्री गुरुङ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । “संस्कृतिको उचित उपयोग गर्न सके अर्थोपार्जनका लागि कसैसँग हात थाप्न पर्दैन”, उहाँले भन्नुभयो । घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका–१० पाण्डवखानीले आयोजना गरेको ३३औँ वार्षिकोत्सव, २५६३औँ बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन कार्यक्रममा गुरुङले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशका सबै आवश्यक स्थानमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बनाउनुभयो । उहाँले स्रोत, साधन र संस्कृतिले भरिएको देशले विदेशको भर पर्नुपर्ने अवस्था गम्भीर भएको भन्दै यसलाई आर्थिक रुपान्तरणमा प्रयोग गर्न उत्खनन गर्न नसकेर अलपत्र अवस्थामा रहेका तामा, फलामलगायतका खानीलाई अध्ययन गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले गरीबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाणपत्र होइन, सीप हासिल गरेको प्रमाणपत्र भएको हुनुपर्ने उल्लेख गर्दै गरीबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकार पर्यटनबाटै समृद्ध बन्नेमा कुनै शङ्का नरहेको उहाँको भनाइ थियो । उहाँले भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने बताउनुभयो ।
Categorized in राष्ट्रिय