STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २९, आइतबार

    दज्र्यानी चिह्न प्रदान

    प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।  गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उहाँलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो ।  प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिह्न प्रदान...

  • २०७६ बैशाख २९, आइतबार

    मन्दिर निर्माण

    धार्मिक पर्यटन वकास गर्न रामपुरमा रु दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण थालिएको छ । रामपुर नगरपालिका–५ स्थित चिप्लेढुङ्गामा कलात्मक, ऐतिहासिक, पित्तलको छानो भएको सो मन्दिर निर्माण गर्न लागिएको हो ।मन्दिरका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ । २० रोपनी जमीनमा फूलबारी, उद्यान र १०० तीर्थालु अटाउने धर्मशालासहितको मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष कृष्णप्रसाद...

  • २०७६ बैशाख २९, आइतबार

    काठमाडौँ महानगरकै ठूला वडामा कमजोर पूर्वाधार

    देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौँकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ । काठमाडौँ महानगरपालिकाले भित्री सीमित शहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो । सानो क्षेत्रफल र थोरै जनसङ्ख्या रहेका एवं ठूलो क्षेत्रफल र धेरै जनसङ्ख्या रहेका वडालाई उस्तै बजेट दिइएको वडा तहका...

  • २०७६ बैशाख २९, आइतबार

    अनलाइन सेवाले झन सास्ती

    कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत सेवा दिन थालिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले कार्यालयले वैशाख १५ गतेदेखि अनलाइन प्रणालीमार्फत काम थालेको भए पनि अनलाइन सेवाले कर्मचारीलाई समेत हैरानी भएको छ ।  टाढा÷टाढाबाट आएका सेवाग्राही समयमा काम सम्पन्न नभएपछि निराश हु“दै फर्किनुपरेको छ । जानकी गाउ“पालिका– ९ मूर्तियाका शेरबहादुर विकले जग्गा...

  • २०७६ बैशाख २९, आइतबार

    साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता

    अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला गाउँपालिका–८ लेखानीका २४५, काठेखोला गाउँपालिका–१ का १४, वडा नं २ भीमापोखराका ४५, वडा नं ३ धम्जाका १००, वडा नं ४...

  • २०७६ बैशाख २९, आइतबार

    यार्साका कारण दुई महीनासम्म विद्यालय बन्द

    यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् । प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने...

  • २०७६ बैशाख २९, आइतबार

    भूकम्पीय जोखिम कायमै रहेको भूगर्भविद्को निचोड

    गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना अध्ययनको सारका आधारमा लेख प्रकाशन गर्दै नेपालीहरुलाई सचेत भई पूर्व तयारीमा लाग्न सुझाएका छन् । गोरखा भूकम्पपछि नेपालमा...

  • २०७६ बैशाख २९, आइतबार

    वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

    नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल...

  • २०७६ बैशाख २९, आइतबार

    धान फल्ने खेतमा केरा खेती

    म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् । केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती...

  • २०७६ बैशाख २९, आइतबार

    पारिजात अभिनव पुरस्कार चन्दलाई

    अभिनव साहित्य समाजले यस वर्षको पारिजात अभिनव साहित्य तथा समाजसेवा पुरस्कार बैतडीकी बिमला चन्द ‘सानु’लाई प्रदान गरेको छ । समाजको २०७औँ मासिक साहित्यिक शृङ्खला र पारिजात स्मृति दिवस तथा ८३औँ जन्मजयन्तीको अवसरमा सो पुरस्कार दिइएको हो । पुरस्कारको राशि नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ । साहित्यकार वसन्त रिजाल र समाजको अगुवाइमा केही समयअघि  पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार नामको कोष...

  • २०७६ बैशाख २९, आइतबार

    बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित

    म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा शनिबार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामीले निःशुल्क उपचार सेवा गरेका छन् ।बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले प्रत्यक्षरूपमा सेवा लिएका आयोजक बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका...

  • २०७६ बैशाख २९, आइतबार

    ‘ओशो अचम्म जो मैले देखेँ’

    स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ । ओशो तपोवनमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरियो ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा सुन्दरमणि दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान...

Pages