राष्ट्रिय
-
२०७६ बैशाख २७, शुक्रबार
एनिमिया रोगका बिरामीको उपचार हुनसकेन
यहाँस्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ । मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले फागुन महीनादेखि बिग्रेको मेसिन दक्ष इञ्जिनीयर अभावका कारण मर्मत हुन नसकेको बताउनुभयो । सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल...
-
२०७६ बैशाख २७, शुक्रबार
डढेलोबाट वन क्षेत्र सखाप
कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन क्षेत्रमा डढेलोका कारण अधिक क्षति पुगेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुङ्गी, संरक्षित जनावरको बास नासिएको छ । लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी,...
-
२०७६ बैशाख २७, शुक्रबार
विमानस्थलको ‘डिपिआर’ तयार
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ...
-
२०७६ बैशाख २७, शुक्रबार
सडक सुरक्षाका लागि फोटो प्रदर्शनी शुरु
काठमाडौँ महानगरपालिकाले सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी आजदेखि शुरु गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा शुरु भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालनमा रहनेछ । प्रदर्शनीमा सडक दुर्घटना, नियमको पालना र नागरिक सचेतना गरी तीन विधाका तस्बीर प्रदर्शनमा राखिएको छ । प्रदर्शनीको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यस...
-
२०७६ बैशाख २७, शुक्रबार
खानेपानीको महसुल ई–सेवाबाट
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको शुरुआत गरिएको हो । वैशाख १५ गतेदेखि परीक्षणको रूपमा शुरु गरिएको ई–सेवालाई बिहीबारबाट औपचारिकरूपमा ल्याइएको...
-
२०७६ बैशाख २७, शुक्रबार
मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उहाँले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गर्नुभयो । तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ दिनको पुण्य तिथिमा नेपाल...
-
२०७६ बैशाख २७, शुक्रबार
लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त
जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ । अदालतको अर्को आदेश नआउँदा काममा प्रगति नहुने आयोजनाका प्रवक्ता...
-
२०७६ बैशाख २७, शुक्रबार
शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग
नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा...
-
२०७६ बैशाख २७, शुक्रबार
विरेठाँटी–हिडनलेक पदमार्ग सञ्चालनमा
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल विरेठाँटीदेखि हिडनलेकसम्म वैकल्पिक पदमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा विनायोजना खनिएका मोटरबाटोका कारण दिनप्रतिदिन सङ्कटमा पर्दै गएको पदमार्गको इतिहासलाई जीवित राख्ने ध्येयका साथ वैकल्पिक पदयात्रामार्ग निर्माण गरी सञ्चालनमा ल्याइएको हो । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घको...
-
२०७६ बैशाख २७, शुक्रबार
गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ
सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई उक्त निर्देशन दिनुभएको हो । सोही क्रममा नेपाल कम्यनिष्ट पार्टी ९नेकपा० का सांसद खगराज अधिकारीले...
-
२०७६ बैशाख २७, शुक्रबार
बौद्ध सडक तत्काल कालोपत्र हुने
लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन...
-
२०७६ बैशाख २७, शुक्रबार
एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता
एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ, सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका...


