राष्ट्रिय
-
२०७६ बैशाख २७, शुक्रबार
अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु
संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो । सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी...
-
२०७६ बैशाख २७, शुक्रबार
वाग्मती तीर्थयात्रा शुरु
कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गर्नुभएको थियो । नाथका मूल पूजारी रावल गणेश भट्टले विशेष पूजासहितको सङ्कल्प गराउनुभएको थियो...
-
२०७६ बैशाख २६, बिहिबार
स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण
प्रदेश नं ५ अन्तर्गत भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभागले जिल्लाका १० वटै स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण गरेको छ । विभागले बुधबार घोराहीमा एक कायक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको हो । विभागबाट सरकारले पछिल्लो समय निर्माण गरेको भू–उपयोग नीति, स्थानीय निकायका नक्सा, तथ्याङ्क तथा प्रतिवेदन प्रत्येक स्थानीय निकायलाई छुट्टाछुट्टै वितरण भएको थियो...
-
२०७६ बैशाख २६, बिहिबार
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले विकासमा...
-
२०७६ बैशाख २६, बिहिबार
बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण
बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा...
-
२०७६ बैशाख २६, बिहिबार
एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै
एशियाली विकास बैंक एडिबी को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको आयोजना कार्यान्वयन एकाइ धनगढी...
-
२०७६ बैशाख २६, बिहिबार
गुप्तेश्वर गुफामा आरती
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ । विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिने भएको हो । तीन गुरुद्वारा शुद्ध गाईको घ्यू, कपुर, ज्योतिलगायतका पूजाका सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव,...
-
२०७६ बैशाख २६, बिहिबार
छाला प्रशोधन केन्द्र सञ्चालनमा
सार्की समुदायको पुख्र्यौली पेशालाई जोगाउनका लागि कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । विशुद्ध जैविक वस्तुहरुको प्रयोग गरी छाला प्रशोधनको कार्य अगाडि बढाउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो । वन क्षेत्रमा सडेर जाने वनस्पतिका पातपतिङ्गर, चुना र नुनको प्रयोग गरी परम्परागत जैविक विधिबाट छाला प्रशोधनको कार्य भइरहको केन्द्रका सञ्चालक राजुराम भुलले...
-
२०७६ बैशाख २६, बिहिबार
साकेला उभौली मनाउने तयारी
झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ । सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिनुभयो । जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक...
-
२०७६ बैशाख २६, बिहिबार
भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा...
-
२०७६ बैशाख २६, बिहिबार
माटो परीक्षण शिविर
चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो । माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको...
-
२०७६ बैशाख २६, बिहिबार
रुख कटानीको क्षतिपूर्ति माग
सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ । डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक९द्रुत सडक मार्ग० निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्वबमोजिम क्षतिपूर्ति माग गरेको हो । प्रमुख न्यायधिवक्तासँगको कानूनी परामर्शपछि सडक विभागसँग क्षतिपूर्ति माग गरिएको हालै सरुवा भएर जानुभएका डिभिजन वन कार्यालयका प्रमुख अमर बुलनले...


