relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २७, शुक्रबार

    जुम्लामा आँखा शिविर

    यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन् । शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४ को मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभएको छ । शिविरको पहिलो दिन आइतबार ४०० को आँखाको परीक्षण भएकामा ३७ को शल्यक्रिया गरिएको थियो । दोस्रो दिन ३५५ को आँखाको परीक्षण भएकामा ४० को शल्यक्रिया...

  • २०७६ बैशाख २७, शुक्रबार

    सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

     राष्ट्रिय खेलकूद परिषद् राखेप ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।   प्रतियोगितामा सहभागी हुने...

  • २०७६ बैशाख २७, शुक्रबार

    परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो–२

    के हो भिजिटिङ सर्भिस प्रोभाइडर्स लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग डिआइडी को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपिए को प्राविधक सहयोगमा स्वास्थ्य तथा...

  • २०७६ बैशाख २७, शुक्रबार

    साइबर अपराध तालीम

    साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।   सो अवसरमा गण्डकी प्रदेशका...

  • २०७६ बैशाख २७, शुक्रबार

    भ्रष्टाचारमा मुछिए नेतालाई पनि कारवाही ः नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो । पार्टी कामको सिलसिलामा उदयपुर आइपुग्नु भएका नेता...

  • २०७६ बैशाख २७, शुक्रबार

    गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै

    गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा फूल बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन् ।  चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा...

  • २०७६ बैशाख २७, शुक्रबार

    गर्भवतीलाई आयोडिन नुन

    टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत एक वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण गर्ने योजना बनाएको स्वास्थ्यचौकी प्रमुख हिमाल...

  • २०७६ बैशाख २७, शुक्रबार

    होटलमा रु दश खर्ब बढी लगानी

    पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् ।   सन् १९५१ मा नयाँ सडकमा ‘हिमालय इन’ नामक होटलबाट शुरु भएको नेपाली होटल...

  • २०७६ बैशाख २७, शुक्रबार

    पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

    नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा लु चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको...

  • २०७६ बैशाख २७, शुक्रबार

    यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर

    विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताउनुभयो । यहाँका धेरैजसो...

  • २०७६ बैशाख २७, शुक्रबार

    सन्दर्भः विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’

    विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ । उक्त दिवसका दिन स्वच्छ व्यवसायी समूह नेपालले पोखरामा प्रभातफेरी र बृहत छलफल कार्यक्रम...

  • २०७६ बैशाख २७, शुक्रबार

    शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग

    एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गर्नुभयो ।  उक्त कार्यक्रममा सङ्गठनद्वारा जारी विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर...

Pages