relans
ni new 83
nib 2082 5

खत्रीको ‘बिचल्ली’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

“सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाइ समाजमा भएको घटना भन्छु सबैलाई, मुनाजस्ता बालबच्चा बिचल्लीमा पारी स्वर्ग जस्तो घर भत्काउँदै हिँड्छन् कुनै नारी, मरी मरी दुःख गर्छ परदेशमा पोइले घरमा स्वास्नी बिग्रँदानि भन्दिदैनन् कैले” लोग्ने हिँड्ने कमाउँला भनेर स्वास्नी हिँड्नी रमाउँला भनेर चर्चित लोकगायक विष्णु खत्रीको ‘बिचल्ली’ एल्वमको यो गीत अहिले निकै चर्चामा छ । समाजको यथार्थ चित्रण बोकेको गीतले श्रीमान्, बालबच्चा छाडेर परपुरुषसँग लाग्दाको बेफाइदाका बारेमा बोलेको छ । गीतले कारुणिक भाव बोकेको छ । प्रशस्त धन कमाई परिवारसँग सुखसयलमा रमाउने रहर बोकेर विदेश छिरेका श्रीमान् घर फर्कंदा बालबाच्चाको बिचल्ली पारी श्रीमतीले परपुरुषसँग विवाह गरेको खबर पाउँछन् । बालबालिका सहाराविहीन भएको देख्दा उनी भावविभोर हुन्छन् । भएभरका गरगहना र सम्पत्ति लुटी परपुरुषले पनि धोका दिएपछि श्रीमती पनि बिचल्लीमा पर्छिन् । “माया दिई जस्तो गरी बाध्य पा¥यो भाग्न उसले मलाई छाड्यो आज कहाँ जाम गुहार माग्न, कता गयो धननी लग्यो लग्यो गरगहना कुन मुखले सकुला र धर्तीमा रहन, चुराले नि घोच्यो मलाई सिन्दूरले नि पोल्यो नचाहिँदो गर्दा मैले सत्यले प्वाल खोल्यो” खुनको सराप उनको नि सराप भो कहाँ जाम बरै जता नि धराप भो माताको भेषमा भिक्षा माग्दै उनी श्रीमान् र बालबच्चालाई हेर्न पुग्छिन । पीडा सहन नसकेपछि आत्माहत्या गर्छिन् । उनको बिचल्ली बनाउने परपुरुष पनि जेल पर्छन् । सुमधुर क्रियशनबाट बजारमा आएको गीतमा विष्णु खत्री र देवी घर्तीले स्वर भरेका छन् । लय, शब्द र परिकल्पना पनि खत्रीकै हो । गीतको भिडियोमा गायक खत्री, साया भण्डारी, दिलीप रेग्मी, प्रल्हाद सुवेदीले अभिनय गरेका छन् । बालकलाकारको भूमिकामा शिक्षा थापा र आविष्कार थापा छन् । कुसंस्कारको चित्रण गर्दै सभ्य समाज निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेर गीत बनाएको गायक खत्री बताउनुहुन्छ । “श्रीमान् विदेश गएपछि धन सम्पत्तिसमेत लिएर श्रीमती अर्कैसँग हिँड्ने गरेका घटना बढिरहेका छन्”, उहाँले भन्नुभयो, “परपुरुषसँग लाग्दा हुने सम्भावित जोखिम गीतबाटै औँल्याउने काम गरेको हुँ ।” गीतले परपुरुषसँग लागिरहेका र लाग्न खोजिरहेकाहरुलाई समेत सचेत बनाउने उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2