STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २४, मंगलबार

    संस्कृत भाषा संरक्षणका लागि कालीगण्डकी गुरुकुलम

    स्याङ्जाको गल्याङ नगरपालिका र पाल्पाको रम्भा गाउँपालिकाको सङ्गमस्थल खाडाघाट उत्तर बाहिनीमा कालीगण्डकी गुरुकुलम स्थापना गरिएको छ  । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले पाल्पाको रम्भादेवी गाउँपालिकामा दर्ता गरेकोे सो  गुरुकुलममा चालू शैक्षिक सत्रबाट कक्षा ६ को अध्यापन गराइने भएको छ  ।   गुरुकुलममा स्याङ्जा र पाल्पाका विभिन्न भेगका १० विद्यार्थीलाई निःशुल्क खान, बस्न तथा पोशाकसहितको सुविधा दिइएको...

  • २०७६ बैशाख २४, मंगलबार

    खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा

    इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गर्नुभएको छ ।  झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गर्नुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बन्नुभएको छ । चार वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक...

  • २०७६ बैशाख २४, मंगलबार

    नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

    ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म...

  • २०७६ बैशाख २४, मंगलबार

    इन्टरनेटमा पहुँच बढ्दै

    गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी हुनुहुन्छ । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो । डेढ सय घरधुरी रहेको रमुवामा चाप कम भएका...

  • २०७६ बैशाख २४, मंगलबार

    राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

    सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद...

  • २०७६ बैशाख २४, मंगलबार

    मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु

    रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा निर्माण हुन लागेको सिँढीले स्थानीयवासीसमेत खुशी देखिएका छन् । प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज...

  • २०७६ बैशाख २४, मंगलबार

    ‘गोरखापत्र’ परिमार्जन गरिने

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।    ‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा...

  • २०७६ बैशाख २४, मंगलबार

    घाँटीछिना सडकखण्डमा मोटरेवल पुल बन्ने

    पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल धार्मिक पर्यटनको गन्तव्य पञ्चासेसम्म पुग्ने सो सडकमा निर्माण गरिने पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । खहरेखोलामा पुल नहुँदा वडा नं २३ का ठूलाखेत, चैनपुर, हर्पन,...

  • २०७६ बैशाख २४, मंगलबार

    आलेख ः सामुदायिक विद्यालयमा भर्ना गर्न अभिभावकबीच होड

    ‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरु सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहनुभएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीको गुनासो हो यो । “सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,” प्रअ सुवेदी भन्नुहुन्छ – “भर्ना लिँदा कक्षा कोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ...

  • २०७६ बैशाख २४, मंगलबार

    सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

    प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।    नीति तथा कार्यक्रम नारै नाराले  भरिएको...

  • २०७६ बैशाख २४, मंगलबार

    मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै

    भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दु मैथिल परम्परा छ । अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक...

  • २०७६ बैशाख २४, मंगलबार

    नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ – अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले...

Pages