राष्ट्रिय
-
२०७६ बैशाख २५, बुधबार
जमीनमुनिबाट ग्यास निस्कियो
माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताउनुभयो । जमीनमुनि...
-
२०७६ बैशाख २५, बुधबार
हिमालतिर यार्सा टिप्नेको लर्को
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र मुदीका बासिन्दा आधा जीव र आधा वनस्पतिका रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छाडेर हिमालतर्फ उक्लेका छन् । गाउँबाट एक दिनको बाटो हिँडेर स्थानीय गुर्जा हिमालको आसपासका क्षेत्र र खर्कमा गएका गुर्जाबाट स्थानीय गोर्खा छन्त्यालले जानकारी दिनुभयो । छन्त्यालका अनुसार गुर्जा हिमाल आसपासका पुरानबुकी, नाउरे, थारखोला, बौरबास, दोथेवासलगायतका...
-
२०७६ बैशाख २५, बुधबार
महागुरु फाल्गुनन्दको शालिक अनावरण
झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गर्नुभएको हो । साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र...
-
२०७६ बैशाख २५, बुधबार
देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँः पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “ गलत प्रवृत्तिका...
-
२०७६ बैशाख २५, बुधबार
एक गाउँ एक प्राविधिकलाई उपकरण
गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण...
-
२०७६ बैशाख २५, बुधबार
गाउँ–गाउँमा कषि सडक, खेतीयोग्य जमीन बाँझै
चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५÷७६ को आवधिक...
-
२०७६ बैशाख २५, बुधबार
विस्थापन हँुदै बाँस निगालाको डोको
तालावाङ रोल्पाकी ५० वर्षीया लालमती बुढा विगत १० वर्षदेखि सदरमुकाम लिवाङमा ज्यालामजदुरी गर्छिन् । रोजगारीमा भारत गएका श्रीमान्को उतै मृत्यु भएपछि लालमती दुई छोरा एक छोरी लिएर सदरमुकाम लिवाङ आएकी हुन् । लिवाङ आएयता ज्याला मजदुरीबाट जीविका चलाउँदै आएकी छिन् । भैँसीको छालाबाट बनेको डोको बोकेर काम गर्न जान्छिन् र बेलुका त्यही डोको लिएर फर्किन्छन् । बाँस निगालाबाट बनेको डोको पाँच÷छ दिन पनि नटिक्ने...
-
२०७६ बैशाख २५, बुधबार
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको गोदकदेखि...
-
२०७६ बैशाख २५, बुधबार
अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो
बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको मिलेमतोमा अवैध ढुङ्गा प्रयोग गरिरहेको...
-
२०७६ बैशाख २५, बुधबार
आलेख ः बगरमै लटरम्म खरबुजा
कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै फलेका छन् । बगर खेतीबाटै आत्मनिर्भर बन्ने प्रयासमा रहेका उनीहरुमा अहिले ठूलो जोश र जाँगर छ । त्यही खेतीबाट उनीहरु आज लखपति बनेका छन् । लमही नगरपालिका वडा नं ४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको...
-
२०७६ बैशाख २५, बुधबार
देवघाटमा १६ कुटीको पुनःनिर्माण
विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गर्नुभएको छ । निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो । राष्ट्रिय पुनःनिर्माण...
-
२०७६ बैशाख २५, बुधबार
शिक्षक भर्ती सेवा आयोगबाट मात्रै मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र...


