काङ्ग्रेसद्वारा दुःख व्यक्त
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार
नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन हुनुभएका आचार्यप्रति दुःख व्यक्त गर्नुभएको हो ।
आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुुनुभएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल पर्नुभएको थियो ।
काङ्ग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आचार्यले पु¥याएको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ । कुश्मा नगरपालिका–५ निवासी स्वर्गीय आचार्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ ।
Categorized in राष्ट्रिय


