STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आलेख ः सिकलसेल एनिमिया चुनौतीका रुपमा देखा पर्दै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

रोगीलाई छ महिनासम्म दैनिक पेन्सिलिन दिने गर्नुपर्छ । अन्य सङ्क्रमणबाट बचाउन नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ । बच्चामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न न्युमोकोकल भ्याक्सिन दिनुपर्छ । दैनिक फोलिक एसिडको सेवन गर्नु पर्दछ । सेती अस्पतालका सामाजिक सेवा इकाइका सामाजिक परिचालक थापाले यति रकमले उपचार सम्भव छैन । सिकलसेल एनिमियाका बिरामीले प्रशस्त मात्रामा दिनको ११ देखि १५ गिलास पानी पिउनु पर्छ । बढी गर्मी र जाडोबाट बच्नु पर्छ । कडा परिश्रम र तनावबाट बच्नु पर्छ । प्रशस्त मात्रामा आराम गर्नु पर्दछ । अनुभवी र ज्ञान भएको चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षण गराइरहनु पर्छ । सिकलसेल जीन वाहक युवायुवतीले विवाह गर्नु अगाडि आ–आफ्नो डिएनए परीक्षण गरी सिकल सेल नभएकासँग बिहे गरेमा भावी सन्ततिलाई यो रोगको सङ्क्रमणबाट जोगाउन सकिने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । डिएनए परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशाला, कीर्तिपुरले स्वास्थ्य अनुसन्धान परिषद्सँग मिलेर सिकलसेल डिएनए परीक्षणका लागि क्षमता तथा प्रविधिको विकास गरिसकेको छ । नेपाल सरकारले समयमै सिकलसेलका लागि डिएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने भविष्यमा यो समस्या विकराल बन्दै जाने प्रष्ट छ ।
Categorized in राष्ट्रिय