राष्ट्रिय
-
२०७६ बैशाख १५, आइतबार
विधेयक सर्वसम्मतिले पारित
प्रदेश नं ५ को प्रदेशसभाले आज प्रदेश नं ५, सङ्घसंस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकोे छ । सभामुख पूर्णबहादुर घर्तीले सो विधेयक निर्णयार्थ सभामा प्रस्तुत गरेपछि विधेयक पारित भएको थियो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य...
-
२०७६ बैशाख १५, आइतबार
छ नाउर र तीन झारलको सिकार
ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको आरक्ष कार्यालयले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा लिदै आएका छन् । सिकारका लागि...
-
२०७६ बैशाख १५, आइतबार
आयआर्जन गर्न अपाङ्गतालाई बाख्रा सहयोग
आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो । अपाङ्गता भएका व्यक्ति भनेपछि घरपरिवार, छरछिमेक, आफन्त, साथीभाइले हेयको दृष्टिकोण राख्ने गर्छन् । आयआर्जन गर्न उनीहरुलाई अन्यत्र जान सहज छैन । गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न उत्प्रेरित...
-
२०७६ बैशाख १३, शुक्रबार
दीर्घरोगीको अन्तिम गन्तव्य बन्दै तातोपानी कुण्ड
प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा...
-
२०७६ बैशाख १३, शुक्रबार
वाग्मती पुलको निर्माण सुस्त
काठमाडौँको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ । यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । दुई वर्ष छ महिनामा सम्पन्न हुने गरी यो पुलको निर्माण ठेक्का सम्झौता विसं २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो । आधुनिक प्रविधि ९नेटवर्क आर्क ब्रिज० बाट निर्माण भइरहेको यो पुलको निर्माण ठेक्का अवधि गत महीनामा सकिएको काठमाडौँ उपत्यका सडक...
-
२०७६ बैशाख १३, शुक्रबार
सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण
अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ । प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो । निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र...
-
२०७६ बैशाख १३, शुक्रबार
नारायणी किनारमा महाआरती
नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो । नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो । परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजका अनुसार शुरुमा नारायणी नदी तिरमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गर्ने गरिन्छ । त्यसलगत्तै नजिकै...
-
२०७६ बैशाख १३, शुक्रबार
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध
निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै...
-
२०७६ बैशाख १३, शुक्रबार
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने
दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो । विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग...
-
२०७६ बैशाख १३, शुक्रबार
भोटेकोशीको सभ्यता कलामा
सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका–४ फुल्पिङ्कट्टीमा १५ कलाकारसहित पुगेको पुरातत्व विभागको टोलीले अध्ययन तथा चित्र बनाएका हुन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘भोटेकोशी सभ्यताको सौन्दर्य पर्यटन गुरुयोजना निर्माण एवं कला कार्यशाला’ को थैपी नारायण मन्दिर परिसरमा गाउँपालिकाका...
-
२०७६ बैशाख १३, शुक्रबार
शैक्षिक सामग्रीको अभाव झेल्दै मुक्त कम्लरी
कञ्चनपुर बेलौरी नगरपालिकाकी २० वर्षीया पार्वती चौधरी स्थानीय साहुको घरमा करीब चार वर्ष कम्लरी बस्नुभयो । घाँटीको क्यान्सरबाट आमा रामधनिया चौधरीको मृत्यु भएपछि उनी साहुको घरमा कम्लरी बस्न बाध्य हुनुभयो । सात वर्षअघि कम्लरी बसेको थाहा पाएपछि उनलाई विभिन्न निकायको सहयोगमा उद्धार ग¥यो । कञ्चनपुर भीमदत्तनगरपालिका–१२ ऐरीस्थित पूर्ण माविको छात्रावासमा बस्दै आएकी चौधरी अहिले कक्षा ११ मा अध्ययनरत छिन्...
-
२०७६ बैशाख १३, शुक्रबार
बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै
लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ । जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित यो ताललाई प्रदेश नं ५ सरकारले रु २० लाखको लागतमा सौन्दर्यीकरण गर्न शुरु गरेको हो । सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिएको थियो । तालमा पर्याप्त पानी भए पनि झार धेरै भएकाले तालको सुन्दरता नै हराएको थियो...


