STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र १९, मंगलबार

    चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने

     काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ । उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ गते नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा...

  • २०७५ चैत्र १९, मंगलबार

    बससेवा निःशुल्क

    जनतालाई पहिलो पटक गाउँघरमै सिंहदरबार पुगेको अनुभूति दिने उद्देश्यले चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट सम्पूर्ण सरकारी एवं स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सम्पूर्ण सरकारी सेवादेखि स्वास्थ्य उपचारलगायत विभिन्न सेवा निःशुल्क पाउने गरी एकीकृत बृहत् घुम्ती शिविर सञ्चालन गरिने बताउनुभयो । यही चैत २० गते गृहमन्त्री...

  • २०७५ चैत्र १९, मंगलबार

    चियाको पहिलो यामको उत्पादन उत्साहजनक

     दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो ।    पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग अत्यन्तै बढी हुन्छ । गतवर्ष चिया उत्पादनमा विभिन्न समस्या झेल्दै आएका किसानले...

  • २०७५ चैत्र १९, मंगलबार

    चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा नगरपालिकाको रु २५ लाखको लागतमा कालोपत्रे गरिएको सडक मापदण्ड अनुरुप बने नबनेको चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली । सडक मापदण्ड अनुरुप बनेको नपाईए पछि टोलीले भुक्तानी घटाउने निर्णय गरेको छ ।

  • २०७५ चैत्र १९, मंगलबार

    न्यायिक समिति स् मेलमिलापबाट मुद्दाको छिनोफानो

    स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् ।  मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो । तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक दमन्ती थापाका...

  • २०७५ चैत्र १९, मंगलबार

    प्रदेश सरकारद्वारा एक करोड राहत

    प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक...

  • २०७५ चैत्र १९, मंगलबार

    झापाका २२ बालबालिकामा अटिज्म 

     झापाका २२ बालबालिकामा अटिज्मको समस्या देखिएको छ । अटिज्म केयर नेपाल सोसाइटीको तथ्याङ्कअनुसार चार बालिकासहित २२ मा यो समस्या देखिएको हो ।  अटिज्म केयर नेपालका अध्यक्ष कुमार चुडालका अनुसार अटिज्म भएका बालबालिकाका अभिभावक भेला भएर २०७४ देखि यो संस्था सञ्चालनमा रहेको छ । अटिज्मका बारे जानकारी दिँदै अध्यक्ष चुडालले भन्नुभयो, “कुनै पनि व्यक्तिको मस्तिष्कमा जन्मजात आएको समस्याका कारण उमेरको विकाससँगै...

  • २०७५ चैत्र १९, मंगलबार

    जोखिम मोलेरै गुजारा चलाउँदै

    काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटस्थित भूकम्पले जीर्ण बनाएको घरमा सामान राखेर जसोतसो गुजारा चलाउँदै स्थानीय बासिन्दा । सरकारले जोखिमयुक्त घर ९संरचनहरु० अनिवार्य भत्काउनुपर्ने नीति नल्याएका कारण कतिपय स्थानीय बासिन्दाहरुले यस्तै घरमा बस्ने र अन्न भण्डारणदेखि सामग्री राख्ने गर्दै आइरहेको छन् ।

  • २०७५ चैत्र १९, मंगलबार

    जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन  सकारात्मक प्रभावको अपेक्षा 

    चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ ।   नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन,...

  • २०७५ चैत्र १९, मंगलबार

    अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्ममत शुरु, सेवा सामान्य अवस्थामै

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो ।  पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर ९एटिसी० प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धावनमार्ग मर्मतपछि आज...

  • २०७५ चैत्र १९, मंगलबार

    प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० लाई निर्देशन दिनुभएको छ । नाष्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार...

  • २०७५ चैत्र १९, मंगलबार

    गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो । यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर काङ्ग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको काङ्ग्रेसले सोमबारदेखि...

Pages