राष्ट्रिय
-
२०७६ बैशाख १३, शुक्रबार
दिवङ्गत बुबाआमाको स्मृतिमा कोष स्थापना
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँट निवासी इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले दिवङ्गत बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । स्व बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी रु पाँच लाख राशिको कोष स्थापना गरेको हो । सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका...
-
२०७६ बैशाख १३, शुक्रबार
कर्णाली प्रतिष्ठानको भवन बन्ने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुलेको छ । आगलागी भएको झण्डै चार वर्ष बित्न लाग्दासमेत नयाँ भवन बन्न सकेको थिएन । सो भवन देख्दा बिरामी झस्कन्थे । बिरामी असुरक्षित महसुस गर्दै अस्पतालमा भर्ना हुनसमेत आलटाल गर्दै आइराखेका थिए । आगजनीबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो । ब्युरोले समयमै अनुसन्धान प्रतिवेदन बुझाउन...
-
२०७६ बैशाख १३, शुक्रबार
मिडिया आलोचनात्मक हुनुपर्दछः मन्त्री गिरी
प्रदेश नं ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मिडिया आलोचनात्मक हुनुपर्ने बताउनुभएको छ । भैरहवा क्षेत्रको पहिलो सामुदायिक रेडियो रुपन्देही एफएम १०२ मेघाहर्जको छैठांै साधरणसभामा उहाँले भन्नुभयो, “नागरिकलाई सचेत गराउने, जागरण सिर्जना गर्ने, जनपक्षीय सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनलाई सफल पार्ने कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ, सिङ्गो मुलुकलाई नोक्सान नपुग्ने गरी सही...
-
२०७६ बैशाख १३, शुक्रबार
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको...
-
२०७६ बैशाख १३, शुक्रबार
स्व मनमोहन अधिकारीको स्मरण
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्नुभयो । स्व अधिकारीको शालिकमा माल्यार्पण...
-
२०७६ बैशाख १३, शुक्रबार
उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता
उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार त्यहाँबाट फकिर्नु भएको छ । भ्लादिभोस्तक रेल...
-
२०७६ बैशाख १३, शुक्रबार
विष्टले स्थापना गरेको कर्णाली इन्स्टिच्युट अलपत्र
जुम्लाको पातारासी गाउँपालिका–६ मा नेपालका चर्चित मानवशास्त्र तथा समाजशास्त्रका पिता डोरबहादुर विष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट अहिले अलपत्र अवस्थामा छ । देशको विभिन्न भागको अनुसन्धान गर्नुभएका उहाँले विसं २०४२ मा तत्कालीन नेता भीमप्रसाद श्रेष्ठसँग जुम्ला आएर यहाँको सामाजिक, आर्थिक,साँस्कृतिक र भाषिक विकासका लागि सो केन्द्र खोल्नुभएको थियो । जुम्लाको साविक डिल्लीचौर गाविसको चौधबिस...
-
२०७६ बैशाख १३, शुक्रबार
नदी दोहन तीव्र
बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ । ती खोला तथा राप्ती नदी बगरमा दिनरात एक्साभेटर चलिरहेका छन् । नदीबाट उत्खनन गरिएका ढुङ्गा, गिट्टी, बालुवा...
-
२०७६ बैशाख १३, शुक्रबार
तिलकीका बासिन्दाका दुःखका दिन अन्त्य भए
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ । गाँउमै गठन गरिएको इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले...
-
२०७६ बैशाख १३, शुक्रबार
मदिरा नियन्त्रणमा कोलेनिका
जिल्ला सदरमुकमा सिमिकोटलगायत आसापासका क्षेत्रमा घरेलु मदिरा र स्विकृति–पत्रबिनाका रक्सी बिक्री वितरणमा नियन्त्रण गरिने भएको छ । कोष तथा लेखानियन्त्रण कार्यालयले ग्रामीण बस्तीका साथै सिमकोट बजारमा घरेलु मदिरा र चिनियाँ मदिरा विक्रीवितरणमा रोक लगाउने भएको हो । गाउँमा शान्ति कायम गर्ने उद्देश्यले यस्ता क्रियाकलापमा रोक लगाउन लागिएको कार्यालय प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो । अन्तशुल्क...
-
२०७६ बैशाख १३, शुक्रबार
ललितकला विकासका लागि रकम अभाव छः कर्माचार्य
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गर्नुभएको उक्त सभामा प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ । सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सबै जाति, समुदायका...
-
२०७६ बैशाख १३, शुक्रबार
फोरम सुनसरीको अध्यक्षमा खत्वे
सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गर्नुभएको थियो । त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र...


