राष्ट्रिय
-
२०७६ बैशाख १३, शुक्रबार
तिलकीका बासिन्दाका दुःखका दिन अन्त्य भए
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ । गाँउमै गठन गरिएको इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले...
-
२०७६ बैशाख १३, शुक्रबार
उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता
उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार त्यहाँबाट फकिर्नु भएको छ । भ्लादिभोस्तक रेल...
-
२०७६ बैशाख १३, शुक्रबार
विष्टले स्थापना गरेको कर्णाली इन्स्टिच्युट अलपत्र
जुम्लाको पातारासी गाउँपालिका–६ मा नेपालका चर्चित मानवशास्त्र तथा समाजशास्त्रका पिता डोरबहादुर विष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट अहिले अलपत्र अवस्थामा छ । देशको विभिन्न भागको अनुसन्धान गर्नुभएका उहाँले विसं २०४२ मा तत्कालीन नेता भीमप्रसाद श्रेष्ठसँग जुम्ला आएर यहाँको सामाजिक, आर्थिक,साँस्कृतिक र भाषिक विकासका लागि सो केन्द्र खोल्नुभएको थियो । जुम्लाको साविक डिल्लीचौर गाविसको चौधबिस...
-
२०७६ बैशाख १३, शुक्रबार
फोरम सुनसरीको अध्यक्षमा खत्वे
सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गर्नुभएको थियो । त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र...
-
२०७६ बैशाख १३, शुक्रबार
सुरौदी जलाधारको संरक्षण गर्दै समृद्धिको प्रयास
खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमीन वर्षेनी बगरमा परिणत हुँदै गएपछि यसको संरक्षणमा जोड दिन थालिएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमीन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिएको हो । सुरौदी खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको जमीनको गण्डकी प्रदेश सरकारको सहयोगमा संरक्षण र उपयोगको प्रयास थालिएको...
-
२०७६ बैशाख १३, शुक्रबार
मदिरा नियन्त्रणमा कोलेनिका
जिल्ला सदरमुकमा सिमिकोटलगायत आसापासका क्षेत्रमा घरेलु मदिरा र स्विकृति–पत्रबिनाका रक्सी बिक्री वितरणमा नियन्त्रण गरिने भएको छ । कोष तथा लेखानियन्त्रण कार्यालयले ग्रामीण बस्तीका साथै सिमकोट बजारमा घरेलु मदिरा र चिनियाँ मदिरा विक्रीवितरणमा रोक लगाउने भएको हो । गाउँमा शान्ति कायम गर्ने उद्देश्यले यस्ता क्रियाकलापमा रोक लगाउन लागिएको कार्यालय प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो । अन्तशुल्क...
-
२०७६ बैशाख १३, शुक्रबार
ललितकला विकासका लागि रकम अभाव छः कर्माचार्य
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गर्नुभएको उक्त सभामा प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ । सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सबै जाति, समुदायका...
-
२०७६ बैशाख १३, शुक्रबार
विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान
विपद् व्यवस्थापनमा जापानजस्ता देशको अनुभवका आधारमा पाठ सिकी पूर्व तयारी गरिनुपर्ने आवश्यकता औँँल्याइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका ले आज यहाँ आयोजना गरेको कार्यक्रममा विपद् व्यवस्थापनमा अध्ययन अनुसन्धान गर्दै आएका विज्ञले दुवै देशका अनुभव आदानप्रदान गरी एकआपसमा ज्ञान सीप बाँडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी...
-
२०७६ बैशाख १३, शुक्रबार
पुनः निर्माणले गति लिएन
चार वर्षअघि वैशाख १२ गते गएको भूकम्पले बागलुङका दुई हजार ३७५ घरमा पूर्ण क्षति भयो । उक्त क्षतिकै आधारमा पुनःनिर्माण प्राधिकरणले रातो कार्ड दिएर लाभग्राही घोषित गरेपछि पुनःनिर्माणको काम थालेको थियो । चार वर्ष बितेपछि घर बनाउने काम भने ५० प्रतिशत पनि सकिएको छैन । त्यसो त प्राधिकरणले ८० प्रतिशत काम सकिएको दाबी गर्न छाडेको छैन । प्राधिकरणले पटक–पटक फेर्ने प्रावधान र अनुदानको किस्ता वितरणको कठिनाइले...
-
२०७६ बैशाख १३, शुक्रबार
गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए
गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिलेबुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो । हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले राससलाई...
-
२०७६ बैशाख १३, शुक्रबार
महोत्तरीमा खानेपानी अभाव
गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी...
-
२०७६ बैशाख १३, शुक्रबार
लेखापढी कानून व्यवसायी सेवाग्राहीमैत्री हुनुपर्छ
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सेवाग्राहीको सेवामा विभेद गर्न नहुने बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको नववर्ष ०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लेखापढी व्यवसायीको सहयोगले सेवाग्राहीको काममा सहजता आउने हुँदा धनी र गरीब बीचको सेवामा विभेद गर्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार...


