STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १३, शुक्रबार

    उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

    उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो ।  रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार  त्यहाँबाट फकिर्नु भएको छ । भ्लादिभोस्तक रेल...

  • २०७६ बैशाख १३, शुक्रबार

    ललितकला विकासका लागि रकम अभाव छः कर्माचार्य

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गर्नुभएको उक्त सभामा  प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ ।  सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सबै जाति, समुदायका...

  • २०७६ बैशाख १३, शुक्रबार

    फोरम सुनसरीको अध्यक्षमा खत्वे

    सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गर्नुभएको थियो । त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र...

  • २०७६ बैशाख १३, शुक्रबार

    सुरौदी जलाधारको संरक्षण गर्दै समृद्धिको प्रयास

    खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमीन वर्षेनी बगरमा परिणत हुँदै गएपछि यसको संरक्षणमा जोड दिन थालिएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमीन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिएको हो ।   सुरौदी खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको जमीनको गण्डकी प्रदेश सरकारको सहयोगमा संरक्षण र उपयोगको प्रयास थालिएको...

  • २०७६ बैशाख १३, शुक्रबार

    मदिरा नियन्त्रणमा कोलेनिका

    जिल्ला सदरमुकमा सिमिकोटलगायत आसापासका क्षेत्रमा घरेलु मदिरा र स्विकृति–पत्रबिनाका रक्सी बिक्री वितरणमा नियन्त्रण गरिने भएको छ । कोष तथा लेखानियन्त्रण कार्यालयले ग्रामीण बस्तीका साथै सिमकोट बजारमा घरेलु मदिरा र चिनियाँ मदिरा विक्रीवितरणमा रोक लगाउने भएको हो । गाउँमा शान्ति कायम गर्ने उद्देश्यले यस्ता क्रियाकलापमा रोक लगाउन लागिएको कार्यालय प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो । अन्तशुल्क...

  • २०७६ बैशाख १३, शुक्रबार

    विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान

    विपद् व्यवस्थापनमा जापानजस्ता देशको अनुभवका आधारमा पाठ सिकी पूर्व तयारी गरिनुपर्ने आवश्यकता औँँल्याइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका ले आज यहाँ आयोजना गरेको कार्यक्रममा विपद् व्यवस्थापनमा अध्ययन अनुसन्धान गर्दै आएका विज्ञले दुवै देशका अनुभव आदानप्रदान गरी एकआपसमा ज्ञान सीप बाँडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी...

  • २०७६ बैशाख १३, शुक्रबार

    पुनः निर्माणले गति लिएन

    चार वर्षअघि वैशाख १२ गते गएको भूकम्पले बागलुङका दुई हजार ३७५ घरमा पूर्ण क्षति भयो । उक्त क्षतिकै आधारमा पुनःनिर्माण प्राधिकरणले रातो कार्ड दिएर लाभग्राही घोषित गरेपछि पुनःनिर्माणको काम थालेको थियो । चार वर्ष बितेपछि घर बनाउने काम भने ५० प्रतिशत पनि सकिएको छैन । त्यसो त प्राधिकरणले ८० प्रतिशत काम सकिएको दाबी गर्न छाडेको छैन । प्राधिकरणले पटक–पटक फेर्ने प्रावधान र अनुदानको किस्ता वितरणको कठिनाइले...

  • २०७६ बैशाख १३, शुक्रबार

    गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए

    गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिलेबुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो ।  हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले राससलाई...

  • २०७६ बैशाख १३, शुक्रबार

    महोत्तरीमा खानेपानी अभाव

    गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् ।  वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी...

  • २०७६ बैशाख १२, बिहिबार

    रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । उहाँलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषा सहित स्वागत गरेका थिए । दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित...

  • २०७६ बैशाख १२, बिहिबार

    यार्सा टिप्न नजान शैक्षिक अभियान

    यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ ।  गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा...

  • २०७६ बैशाख १२, बिहिबार

    नाटक ‘बाकस’ मञ्चन

    पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । यसअघि पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन भएका नाटकभन्दा फरकपना यस नाटकमा देखिएको दर्शकको भनाइ...

Pages