STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मदिरा नियन्त्रणमा कोलेनिका

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

जिल्ला सदरमुकमा सिमिकोटलगायत आसापासका क्षेत्रमा घरेलु मदिरा र स्विकृति–पत्रबिनाका रक्सी बिक्री वितरणमा नियन्त्रण गरिने भएको छ । कोष तथा लेखानियन्त्रण कार्यालयले ग्रामीण बस्तीका साथै सिमकोट बजारमा घरेलु मदिरा र चिनियाँ मदिरा विक्रीवितरणमा रोक लगाउने भएको हो । गाउँमा शान्ति कायम गर्ने उद्देश्यले यस्ता क्रियाकलापमा रोक लगाउन लागिएको कार्यालय प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो । अन्तशुल्क ऐनअन्तर्गत धार्मिक प्रयोजनका लागि अढाइ लिटर रक्सी मात्र प्रयोग गर्न पाइने भएकामा सोभन्दा बढी परिमाणका घरेलु मदिरा उत्पादन र स्विकृति–पत्रबिनाका पसल अबैध भएकाले यसलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइसकिएको उहाँको भनाइ थियो । दर्ताबिना सञ्चालन गरिएका मदिरा व्यवसाय दर्ता नगरे कारवाही गरिने कोष तथा लेखानियन्त्रणक रेग्मीले बताउनुभयो । सिमकोट गाउँपालिकाभित्र पनि अवैध मदिराको कारोवार अत्यधिक भएको र यसको सेवनले हो–हल्ला तथा झै–झगडा गर्नेलगायत विकृति बढेकाले मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । गत चैत २२ गते बसेको बैठकबमोजिम २७ गते अनुगमन गरिएमा अब फेरि पनि अनुगमन गरिने कोष तथा लेखानियन्त्रणक रेग्मीले बताउनुभयो ।
Categorized in राष्ट्रिय